अधुरो माया (कविता )
लेखक-🖋️रिता मगर
—————————-
~के माया त्यही थियोे ,
जसले छिनछिनमा हसाउँथयो
छिनमै मलाई रुवाउँथयो
मनमा तृष्णा जगाएर
उनकै यादमा डुबाउँथयो।
~के माया त्यही थियो ,
जसले बगिरहने खोला जस्तो
मेरो मनलाई बगाउने ,
छाइरहने मेरो मनमा
यो भावना कस्तो ?
मलाई यो के भयो
आफुलाई नै थाहा नपाई कस्तो।
,
~मलाई यो के भयो
धड्कन बढे जस्तो,
बुझ्नै गाह्रो भयो मलाई,
के भएछ् त्यस्तो ?
पछि बल्ल बुझे मैले कि
अधुरो माया नै त्यस्तै हुँदो रहेछ् ।
🖋️रिता मगर
(हेटौंडा)














Discussion about this post