उमेश कुमार साह/सप्तरी/जेठ २६ गते।कोरोना संक्रमण बढेपछि शहर तथा गाउं घर, टोल बाहिर प्रहरीहरु माइकिङ गरिरहेका छन् । ‘सबै घरभित्रै बस्नुहोला, मास्क लगाउनुहोला, २ मिटरको दुरी कायम गर्नुहोला । अत्यावश्यक सेवा बाहेक घर बाट बाहिर ननिस्किनुहोला तथा सरकारले सडकमा आवत–जावतसहित सम्पूर्ण सेवा ठप्प पारेको बेला केही युवाहरु भने सम्पदा खोज्न जुर्मुराएका छन् । बोदे बर्साईनका युवाहरुले त्यसलाई ढाकिएको फोहोर हटाउँदै हिँडिरहेका छन् ।बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ का युवाहरु गाउँ टोल र धर्मस्थल सरसफाई अभियानमा जुटेका छन ।

आफ्नो गाउँटोललाई सफा र सुन्दर बनाउने उदेश्यका साथ सप्तरी जिल्लाको पश्चिम-दक्षिण क्षेत्रमा रहेको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ बोदे बर्साईनका युवाहरुले गाउँ नजिक रहेका धर्मस्थल बाबा डिहवार मन्दिर,मठ ,गाउँ,समुदायकको सरसपलाई अभियान सुरु गरेका छन् ।गाउँमा जताततै फोहोर फाल्ने क्रम बढेपछि गाउँमा भएका फोहोरहरु संकलन गरि सरसफाई अभियान सुरु गरेको र निरन्तर र साप्ताहिक सरसफलाई गरि रहने अभियान राख्ने गरि सरसफाइ गर्ने उदेश्यले सम्पुर्ण युवाहरुको उपस्थितिमा हामी निरन्तर जारी राख्ने सरसफाइ अभियानक्रता राधेश्याम यादवले बताए ।
आज यस अभियानको पहिलो दिन भयेको यो अभियानमा युवा,बिधार्थी र किसान लगाएत उलेख्य रुपमा युवाहरुको सहभगिता रहेको अभियानक्रमीहरुले बताउनु भएका छन ।
















Discussion about this post