nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा हराउँदै सनपाट खेती

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २५, २०७८, ९:३२ बिहान
महोत्तरीमा हराउँदै सनपाट खेती
  • गोपालप्रसाद बराल

महोत्तरी, जेठ २५ गते । करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला/दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो ।

जिल्लाको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने श्रेष्ठ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गर्नुभएको छ ।

“पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो”, श्रेष्ठले भन्नुभयो, “अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ ।”

श्रेष्ठमात्र नभएर मधेशमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्कसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरुको आम कुरा हो । पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहेका श्रेष्ठ बताउनुहुन्छ ।

करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको श्रेष्ठकै समवयस्क रामनन्दन महतो बताउनुहुन्छ । “आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरुले यो खेतीमा ध्यान दिँदैनन्”, महतो भन्नुहुन्छ, “तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पु¥याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हूँ ।” पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका महतोको भनाइ छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । “जेठ निगल्दो खेतमा लहलहाएको सनपाटसहितै जोतेर हिल्याएपछि पाँच÷सात दिनमा गलेर मल बन्थ्यो”, बर्दिबास–९ का किसान महेन्द्र महतो सम्झनुहुन्छ, “त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।”

सनपाट खेतीले जग्गाको उर्वरा शक्ति बढाउने किसान बताउँछन् । “डाँठ र पात कुहाएर प्राङ्गारिक मल हुने र जराका गिर्खाहरुले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वरा शक्ति बढाउन उपयोगी भएको हो”, महतोले भन्नुभयो ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन राख्नुपर्छ । महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ् २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०÷१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको सम्भावना पनि सुक्दै गएको किसान बताउँछन् ।

सनपाटको रेशा (धागो) सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन÷जगाउन गृहिणीले बचाएर राख्ने पुरानो चलन पाका गृहिणी बताउँछन् । सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरुको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै सङ्ज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पाका किसान सम्झन्छन् ।

यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ । कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएको देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छटपटिनु नपर्ने कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादव बताउनुहुन्छ । जमीनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने यादवको भनाइ छ । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठिक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् ।रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!