सप्तरी,जेठ २४ गते।सप्तरीमा नरिवलको रुखबाट खस्दा एकजनाको ज्यान गएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ बस्ने ५० वर्षीय सतोखंग खत्वेको सोमबार दिउँसो वडा नं. ११ स्थित रहेको कुशुमलाल साहको नरिवलको रुखमा नरिवल टिपनको लागी चढेको बेला खसेपछि खत्वे गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post