राम नारायण महतो/विराटनगर/जेठ २३ गते। “सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ” भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को सन्योजक गुनानन्द महतो सहित को टोलि आज बिराटनगर महानगर को वाडा नम्बर १,५, र १२ को गरिब तथा अति बिपन्न परिवारमा खाद्यान्न सामाग्री बितरण गरेको छ ।

स्थानीय हरुले खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल पाउँदा निकै खुसी भएको कुशवाहा राहत सङ्कलन महा अभियान को सदस्य तथा महा अभियन्ता रामनारायण मेहनत ले जानकारी गराउनु भयो ।

हाम्रो महा अभियान जारी छ । बन्दा बन्दी को समय लम्बियो भने फेरि राहत सामाग्री लिएर आउछौ तपाईं हरु ढुक्क भएर बस्नु कुनै पनि समस्या भयो भने तुरुन्तै हामीलाई जानकारी गराउनु समाजिक दुरि कायम गरि बस्नु घरमै बस्नु सुरक्षीत भएर बस्नु भन्ने अस्वाशन स्थानीय लाई माहा अभियन्ता सुरेश महतो ले दिनु भयो

महा अभियान का अर्का सदस्य तथा महा अभियन्ता बब्लु मेहता का अनुसार हामी ले पहिलो चरणमा स्वास्थ सामाग्री बितरण गरेका थियौ अनि आज बाट दोस्रो चरणका अभियान मा खाद्यान्न सामाग्री उपलब्ध गराएका छौ भन्नू भयो ।
खाद्यान्न सामाग्री महानगरको सबै वाड का गरिब तथा अति बिपन्न परिवार बाड्ने सम्पूर्ण तयारी भैसकेको छ बिस्तारै सबै घर मा जाने कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान का सन्योजक गुनानन्द महतो ले जानकारी दिनु भयो
महा अभियान का बरिस्ठ सदस्य मङ्गल महतो ले सबै सहयोगि हातहरुलाई आ आफ्नो ठाउँ बाट स्वेच्छाले सकने सहयोग गरि महा अभियान लाई सफल बनाईदिन अनुरोध गरे





















Discussion about this post