सप्तरी,जेठ २३ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयका कर्मचारी शुक्रबार कार्यालयमै कुटिएका छन् । डाक्नेश्वरी नगरपालिका–६ का रामसागर मण्डल र सोही ठाउँका भल्टु भनिने रामअवतार यादवको नेतृत्वमा पुगेका २५/३० जनाको समुहले गाली गलौज गर्दै कर्मचारीलाई कुटेको, बाटोघाटोमा भेटिए फेरि पनि कुटपिट गर्ने र ज्यान मार्ने धम्की समेत दिएको कर्मचारीहरुले बताएका हुन् ।
कर्मचारीहरुले न्याय गुहार्दै कामकाज ठप्प नै गरेपछि घटना बाहिरिएको हो । शुक्रबारै न्याय गर्दै कर्मचारीहरुले शान्ति सुरक्षा नभएसम्म कार्यालयको कामकारबाही अगाडी नबढाउने निर्णय गरेका छन् । उनीहरु शुक्रवारदेखि नै सम्पूर्ण कामकाकज ठप्प गरी दोषीमाथि कारबाही नभएसम्म तथा आम कर्मचारीको शान्ति सुरक्षा नभएसम्म कार्यालयको कामकारबाही अगाडी नबढाउने निर्णय गरेका हुन् ।

नगर प्रमुख शिवनारायण साहले कर्मचारीसँग भएको घटना दुखद् रहेको बताए । ‘उपभोक्ता समिति गठन गर्ने विषयमा विवाद भएको हो, यस्तो महामारीको बेलामा कर्मचारीलाई गाली गलौज हुनु दुखद् हो’ उनले भने–‘हामीले बसेर ती व्यक्तिहरुको पहिचान गर्ने कार्यमा लागेका छौं, गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं पनि ।’















Discussion about this post