nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : निषेधाज्ञाका कारण कुखुरापालक किसानहरु मारमा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०७८, ७:१९ मध्यान्ह
प्रदेश २ : निषेधाज्ञाका कारण कुखुरापालक किसानहरु मारमा

लहान,जेठ २२ गते।कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन्  । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् । 
    
लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए । 
    
दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोेखे । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ” सकुर मियाँले भने,“तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।” चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उनी निराश देखिन्छन् ।  
        
घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उनले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उनको भनाइ छ । “उत्साहका साथ कुखुरापालन शुरु गरेकामा लामो निषेधज्ञाले सबै चल्ला बर्बाद भएको छ”, अर्का कुखुरापालक किसान सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीका सञ्जीव साहले भने, “अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।” 
    
कुखुरा फर्ममा हाल १५० वटा कुखुरा रहेपनि तिनलाई खुवाउने दाना नहुँदा एकातिर पालन गर्न कठिनाइ भइरहेको छ भने अर्कोतर्फ खानयोग्य भइसकेको कुखुरा पनि बिक्री गर्न पनि सकिरहेको छैन् उनको दुखेसो छ । सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहनस्वरुप राहतको व्यवस्थापन मिलाई दिनुपर्ने उनको आग्रह छ । 
    
“एक त कुखुराहरु दाना अभावले तौल बढिरहेको छैन भने अर्कोतर्फ विक्रीका लागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ” सोही ठाउँका अर्का कुखुरापालक किसान मो. इद्रिसले भने,“कोरोना भाइरसको त्रासका कारण कुखुरा खाने उपभोक्ताहरु घटेकाले तरकारीकै भाउमा विक्री गर्नुपर्ने अवस्था आइपुगेको छ ।” ऋण काटेर कुखुरा फर्म सञ्चालन गरेको तर, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निषेधज्ञाका कारण धरासायी बन्न पुगेको उनले बताए । 
    
यस्तो समस्या केबल उनीहरुको मात्रै होइन्, सिरहामा कुखुरापालन गर्दै आएका अधिकांश कुखुरापालक किसानहरुको समस्या हो । सिरहामा करीब ५०० भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्बन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुले  समेत माग गरेका छन् । 

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!