nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कालो ढुसीको बारेमा जान्नै पर्ने कुरा,कालो ढुसी के हो र यसका लक्षण के–के हुन् ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०७८, ७:२४ मध्यान्ह
कालो ढुसीको बारेमा जान्नै पर्ने कुरा,कालो ढुसी के हो र यसका लक्षण के–के हुन् ?

काठमाडौं ।कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ ।

कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा सर्वसाधारण नागरिकको चासो बढ्दो छ । नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि भने सरकारले गरेको छैन । तर वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।

सर्वसाधारण नागरिकको यही चासो तथा जिज्ञासालाई सम्बोधन गर्ने प्रयास स्वरुप नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने को सुझावलाई प्रस्तुत गरेका छौं :

कालो ढुसी के हो ?

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

प्रारम्भिक लक्षण के–के हुन् ?

  • अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
  • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
  • नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
  • नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
  • बाक्लो सिंगान आउने
  • आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
  • दाँत दुख्ने वा हल्लिने
  • टाउको भारी हुने
  • ज्वरो आउने
  • अचेत हुने, बरबराउने हुन्छ

कतिखेर अस्पताल भर्ना हुने ?

जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ । चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।

के छ उपचार विधि ?

यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइनस, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?

यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।

  • यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
  • कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी
  • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु
  • चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
  • फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा
  • शरीरमा पानीको मात्रा कम हुँदा

के छन् रोकथामका उपाय ?

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
  • नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
  • मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

कालो ढुसीले गराउने संक्रमणको सुरुवाती चरणको पहिचान र उपचार गर्ने विधिबारे चिकित्सकहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले सरकारलाई एडभाइजरी जारी गर्न सहयोग गरिएको छ । सरकारले सोही एडभाइजरीको आधारमा प्रोटोकल तयार पार्ने र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कालो ढुसीको उपचारमा प्रयोग हुने ‘एम्फोटेरिसिन बी’ औषधि नेपालमा अभाव छ । सरकारले तत्काल यसको व्यवस्था मिलाउनुपर्छ । एन्टिफङ्गस औषधि ल्याउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग समन्वय गरिरहेको र जून ५ तारिखभित्र यो औषधि आउने जानकारी पाएको छु । यसको उपलब्धता तत्काल हुनसके यसको संक्रमणबाट बिरामीलाई बचाउन सकिन्छ ।

अनलाईनखबर बाट

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!