सप्तरी,जेठ २० गते।डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेन्ट लागेर ज्यान गएको छ। खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको ज्यान गएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।
स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर ज्यान गएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post