सर्लाही,जेठ २० गते ।सर्लाहीको एक इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीको कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । बाख्रा चराउन गएको बखत बालक खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेको उनले बताए ।घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post