सिरहा,जेठ २० गते।सिरहामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।कोरोनाको दोस्रो लहरमा जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ७८ पुगिसकेको छ । सिरहामा जम्मा संक्रमित संख्या ११ सय ३३ रहेकोेमा सक्रिय संक्रमित संख्या ५ सय ९० छ ।














Discussion about this post