सर्लाही,जेठ १७ गते।कोरोना संक्रमण यथावत् रहेकाले प्रशासन कार्यालय सर्लाहीले जिल्लामा जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सोमबार चौथोपटक समयावधि थप गरेर निषेधाज्ञा लम्बयाएका हुन् । यसअघि जारी गरिएको निषेधाज्ञा सोमबार रातिबाट सकिँदै थियो । जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिस गर्ने निर्णय गरेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो । जस अनुसार निषेधाज्ञा थपेर जेठ २५ गते राति १२ बजेसम्म पुर्याइएको छ ।
स्थानीय प्रशासनले सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । निषेधाज्ञा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको छ ।














Discussion about this post