काठमाण्डौ,जेठ १५ गते । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्ववजनिक गर्दै जनकपुरधामस्थित जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने जानकारी गराएका हुन् ।अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/२०७९ को बजेट प्रस्तुत गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडी बढाइने बताए ।
सरकारले जानकी मन्दिरका साथै तिलौराकोटलाई समेत विश्व सम्पदा सूचीमा सूचीकृति गराउने प्रक्रिया अगाडी बढाउने भएको छ । त्यस्तै, चितवनको अयोध्यापुरीमा भगवान रामको मन्दिर बनाउन समेत बजेट छुट्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म चितवनको अयोध्यापुरीमै भएको बताउँदै आएका छन् । तर पौडेलले कति बजेट छुट्याइयो? त्यो भने खुलाएका छैनन् ।





















Discussion about this post