महोत्तरी,जेठ ९ गते।महोत्तरीमा खुकुरी देखाएर एक दम्पतीको इज्जत लुटेको आरोपमा महोत्तरीको वर्दिवास –५ बरडाँडाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय राजु भन्ने डोर कुमार पौडेल रहेको इलाका प्रहरी कार्यालय वर्दिवासका इन्स्पेक्टर बालिष्टर सिंहले जनकारी दिएका छन् ।
जेष्ठ ७ गते १२ बजेतिर राजुले ३२ बर्षीय महिलालाई जबर्जस्तीकरण र उनको श्रीमान्लाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।कुखुरा खोरमा काम गर्ने ती दम्पतीलाई कोठामा कुटपीट गरेर करणी गरेको प्रहरीले जनाएको छ ।
‘दिउँसो खुकुरी देखाएर ती दम्पतीको कोठामा पसेर पेट्रोल छर्केर ज्यान मार्ने धम्की दिदैं उनीहरुमा आरोपीले गर्ने नहुने काम गरेर भागे,’इन्स्पेक्टर सिंह भन्छन्,‘त्यो खबर प्रहरीमा आयो । हामी घटना स्थाल पुग्यौं ।’ गाउँलेहरुले आरोपीलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका राजुमाथि करणी सम्बन्धि कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिनको म्याद लिई प्रहरी अनुसन्धान थालेको छ ।कानुन अनुसार उनीमाथि जबर्जस्तीकरणमा ७ बर्षदेखि १० बर्ष जेल र अप्राकृतिक मौथुनमा ३ बर्ष जेल हुने कानुनी व्यवस्था छ ।














Discussion about this post