सप्तरी, जेठ ७ गते ।सप्तरीको शम्भुनाथ नगरपालिका १२ कुशाहा बस्ने मुनिलाल साहको छोरा वर्ष १० का रुपेश साहको शुक्रबार दिउँसो पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएपछि स्थानीयले उद्धार गरेर उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल लगिएको थियो ।बालकलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि बुधबार पनि सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको थियो ।















Discussion about this post