nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सरकारले पठाएका ३ जना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १० दिनमा पनि जलेश्वर अस्पताल पुग्न सकेन,यस्तो छ कारण

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७८, १०:१४ बिहान
प्रदेश २ सरकारले पठाएका ३ जना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १० दिनमा पनि जलेश्वर अस्पताल पुग्न सकेन,यस्तो छ कारण

रञ्जन भण्डारी/महोत्तरी/जेठ ७ गते ।विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस कोभिड १९ को संक्रमणले देश लडिरहेका छन् । सोहि युद्ध लड्न प्रदेश २ सरकारले पठाएका तीनजना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १४ किलोमिटर दक्षिणमा रहेको जलेश्वर अस्पताल पुग्न अझै सकेका छैनन् ।

प्रदेश सरकारले वैशाख २७ र २८ गते तीनैजना चिकित्सकलाई अर्को व्यवस्था नभएसम्मको लागि जलेश्वर अस्पतालमा रहेको भेन्टिलेटर चलाइदिन कामकाजमा पठाएका थिए । तर एकसाताभन्दा बढी बितेपनि उनीहरु अझै जलेश्वर अस्पताल पुग्न नसकेका हुन ।प्रदेश सरकारले नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधान,सहायक पाचौ एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा. सन्त कुमार यादवलाई कामकाजका लागि जलेश्वर अस्पताल जान पत्र काटेको हो ।

यता पत्र काटेको एक साता वितिसकेपनि हालसम्म चिकित्सकहरु जलेश्वर अस्पताल नपुगेपछि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले गत शुक्रवार र शनिवार विदा परेकोले उनीहरु एक दुई दिनमै जलेश्वर अस्पतालमा हाजिर हुने आशा व्यक्त गरे ।

आफुले समेत तीनै जना चिकित्सकलाई जलेश्वरमा विरामीहरु भेन्टिलेटर अभावमा विचल्लीमा परिरहेको स्मरण गराउदै केहि दिन त्यहा सेवा सुचारु गरि अस्पतालमा रहेका चिकित्सकहरुलाई समेत तालिम दिई दक्ष बनाइदिन भनेको बताए । चिकित्सकहरुले समेत सोहि बेला सहमत भएपनि के कति कारणले हालसम्म त्यहा नपुगेको भनेर जानकारी नभएको बताए ।

गत वर्ष नै जलेश्वर अस्पतालमा भेन्टिलेटर सहितको पाच वेड आईसियु र १५ बेड एचडियु जडान भएपनि दक्ष जनशक्ति अभावमै सो संचालनमा आउन सकेको छैन ।


जलेश्वर अस्पतालमा गत साता देखि नै कोरोना संक्रमितहरुलाई अक्सिजन तथा अन्य उपचार दिएर राखिएकोमा सो मध्ये अवस्था विग्रने विरामीलाई तत्काल भेन्टिलेटरमा राख्नु पर्ने तर जलेश्वरमा दक्ष जनशक्ति नै नहुदा उनीहरुलाई अन्यत्र रेफर गरिने गरिएको र रेफर गर्दा अन्यत्र भेन्टिलेटर खोज्दै गर्दा अधिकांश विरामीको मृत्यु हुने गरेको छ ।

जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले सामाजिक संजाल फेसवुकमै तिनैजना चिकित्सकको प्रदेशले काटेको कामकाजको पत्र राख्दै तिनैजना चिकित्सक सम्पर्कमा नरहेको लेखेपछि चिकित्सकहरुको खोजी हुन थालेको छ ।
यता जलेश्वरका स्थानिय तथा बिरामीहरुले समेत तिनैजना चिकित्सकले बिरामीहरुको ज्यानसंग खेल्वाड गर्न खोजेको भन्दै रोष प्रकट गरेका छन । सामाजिक अभियन्ता गुञ्जा राय र सत्येन्द्र यादवले तत्काल चिकित्सकहरुलाई जलेश्वर आएर सेवा दिन आग्रह गरे । अभियन्ता द्वयले १४ किलोमिटरको बाटो काट्न चिकित्सकलाई साता दिन भन्दा वढी लाग्नुले उनीहरुको मनसाय अर्कै रहेको प्रष्ट भएको भन्दै आफुहरु आन्दोलन गर्न पछाडी नपर्ने बताएका छन् ।

भेन्टिलेटर संचालन नभएर जनशक्तिको अभावमा संक्रमित तथा बिरामीहरु मृत्युवरण गर्नु परिरहेको भन्दै अस्पतालका अध्यक्ष सुरेश पाण्डेले आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनले जेठ ५ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापन बुझाएका थिए । तर प्रदेश सरकारले चिकित्सक पठाउन लागेको थाहा पाएपछि उनले आमरण अनशन बस्ने घोषणा तत्कालका लागि स्थगित गरेका थिए ।

हामी हराएका छैनौं : चिकित्सकहरु

यता जलेश्वर अस्पतालमा कामकाजको लागि पठाइएका चिकित्सकहरु आफुहरु हराएको नभई बर्तमान समयमा पनि प्रादेशिक अस्पतालमा ड्युटी गरिरहेको बताएका छन् । अझै प्रादेशिक अस्पतालको ड्युटी रोष्टरमा आफुहरुको ड्युटी बाँडिएको र सोहि बमोजिम बिरामीको सेवामै खटिएको बताएका हुन् ।

नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधानले हिजोसम्म प्रादेशिक अस्पतालमै ड्युटी रहेको बताउदै आफुहरुसंग सल्लाह नै नगरि जलेश्वरको लागि पत्र काटिएको बताउँदै जुन ठाउमा भएपनि बिरामीकै सेवा गर्नु पर्ने भएकोले जलेश्वर नै जान कुनै आपत्ति नरहेको बताए । उनले एक दुई दिन भित्र नै जलेश्वर पुगेर सेवा दिन आफु तयार भैरहेको बताएका छन् ।

त्यसतै हाल प्रादेशिक अस्पताल जनकपुरमै ड्युटीमा रहेका मेडिकल अधिकृत डा. सन्त कुमार यादवले वैशाख २८ गते काटेको चिठी जेष्ठ ३ गते मात्र पाएको वताउदै अहिले सम्बन्धित निकायसंग धेरै कुरा वारे जानकारी लिन नै वाकि रहेको बताए । उनले गत वर्ष नै ५ जनाले आईसियु चलाउने तालिम लिएकोमा सो मध्येबाट नभई आफुले आईसियुमा काम नै नगरेकोमा हचुवाको भरमा आफुलाई पठाउन खोजेको बताए । उनले जलेश्वर अस्पतालमा आईसियु सहितको भेन्टिलेटर चलाउनु पर्ने भएकोमा त्यसको लागि पहिले म आफैलाई दुई तिन महिना सिक्नु पर्ने बताए । हाल एनआईसियुमा ड्युटी गरिरहेका डा.सन्तले जलेश्वरमा भेन्टिलेटर र आईसियु अपरेट गर्नु पर्ने भएकोमा सोहिको दक्ष पठाउदा त्यहाको जनतालाई फाईदा पुग्ने भएपनि के कति कारणले आफुलाई पठाउन खोजिएको हो अझै बुझ्न नसकेको थपे ।

यता एनेस्थेसिया सहायक पाचौ रहेको शैलेन्द्र कुमार यादवले भेन्टिलेटर अपरेट गर्न एमडी एनेस्थेसिया चाहिने भएकोमा आफु सो तहमा नरहेको बताउँदै आफ्नो योग्यता भन्दा माथिको जिम्मेवारी एनएमसीको आचार संहिताले समेत नदिएको उनको भनाइ छ । आफु एसिस्ट गर्न सक्ने भएपनि अपरेट गर्न एमडी एनेस्थेसिया नै चाहिने भएपनि आफुलाई पठाउन खोजिएको उदेश्यवारे बुझिरहेको बताए । उनले नेपाल सरकारको सेवामा रहेकोमा पठाएको ठाउमा जान आपति नभएपनि योग्यताले भ्याएको काममात्र गर्न सकिने प्रतिक्रिया दिए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!