सप्तरी,जेठ ६ गते।कोरोनाको दोस्रो लहर सँगै बिरामीको संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीको आदेशमा बैंक तथा वित्तिय संस्थाहरु पनि आज बिहीबार देखि बन्द भएको छ । सात दिनका लागि बैंक तथा वित्तिय संस्थाहरु बन्द राख्न प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले आदेश जारी गरेका हुन् ।
यो अवधिसम्म औषधी उपचार, स्वास्थ्य सामग्री, काजक्रिया लगायतका अत्यावश्यक कामकालागि सेवा गर्न सम्पर्क व्यक्ति र नम्वर तोकरे सूचना जारी गर्न प्रमखु जिल्ला अधिकारी पोखरेलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । सप्तरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले सक्रिय संक्रमित पनि तीब्र रुपमा बढ्न थालेपछि प्रशासनले स्वास्थ्य सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ । 















Discussion about this post