nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा जेठ १३ सम्मका लागि निषेधाज्ञा थप

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ६, २०७८, ६:४० मध्यान्ह
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन

रौतहट, जेठ ६ गते । रौटहटमा कोरोना संक्रमितको संख्या झनझन बढ्न थालेपछि दोस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुने गरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

अत्यावश्यक सुचीमा रहेको एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी सञ्चालन गर्न दिइने छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाईने छ ।

पसल तथा हाटबजार तत्काललाई संचालनमा ल्याउन नपाइने रौतहट प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना,पार्लर,शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिईएको छ ।

सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला,बेहुली सहित ब्यानर राखेर हिँड्न पाइने छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन ।

रौतहटमा कोरोनाको कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ८३६ पुगेको छ । सो मध्ये ६७६ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

Tags: निषेधाज्ञा

Discussion about this post

Related Posts

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहाको गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि