nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

होम आइसोलेसन बसेकाले ध्यान दिनुपर्ने २० कुरा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०७८, ७:०२ मध्यान्ह
होम आइसोलेसन बसेकाले ध्यान दिनुपर्ने २० कुरा

ऋषिराम शर्मा,जेठ ३ गते।लक्षण भएका वा नभएका तथा कोरोना परीक्षणको नतिजा पोजिटिभ भएका व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु।

१.धेरै व्यक्तिहरुमा कोरोनाको संक्रमण भएको हुन्छ तर लक्षणहरु धेरैमा नदेखिने संभावना पनि रहेको हुन्छ। त्यस्ता व्यक्तिहरु हाम्रो समुदायमा धेरै छन्। ‘मलाई लक्षण छैन, मैले अरुलाई सारेको छैन, म बाहिर किन ननिस्कने’ जस्ता धारणाहरु उहाँहरुमा हुनु स्वभाविक हो। तर त्यस्ता व्यक्तिहरुलाई मेडिकल भाषामा क्यारियर भनेर भनिन्छ। आफूमा लक्षण नहुने तर अरुलाई त्यस्ता व्यक्तिहरुले सारिरहेका हुन्छन्। सामान्य खोक्दा, हाच्छ्यूँ गर्दा हावा बाट सर्ने अथवा अन्जानमा पटक पटक नाक, मुखमा आफ्नो हात लगी रहँदा र त्यही हातले अन्य सामानहरू छुँदा अप्रत्यक्ष रुपमा भाइरसलाई अन्य व्यक्तिमा सार्ने गर्दछ। त्यसकारण अत्यावश्यक नभई घरबाट बाहिर निस्कन हुँदैन। निस्कनै पर्ने अवस्थमा मास्क लगाउने,  दूरी कायम राख्ने र हात सफा गर्न जरुरी हुन्छ।

२. होम आइसोलेसनमा अनुशासित भएर स्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गरेर घरमा छुट्टै हावा खेल्ने कोठामा बस्नुपर्ने हुन्छ। यो किन भनिएको हो भने एक त छुट्टै बस्दा अन्य व्यक्तिलाई सर्ने सम्भावना कम हुन्छ, सामाजिक दुरी कायम हुन्छ, भाइरसहरू घरको वरिपरीको वातावरणमा सम्भावना कम हुन्छ। घरका सरसामानहरु, कपडाहरु, भाँडामा सर्न पाउँदैन। 

३. होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले र घरपरिवारले कुराकानी गर्नु परेमा २/३ मिटरको दूरी कायम गरी माक्सलाई सहि तरिकाले अनिवार्य प्रयोग गर्नु पर्दछ।

४. होम आइसोलेसनमा बसेका व्यक्तिहरुले चर्पी, बाथरुमको साझा प्रयोग गर्नु परेमा चर्पी/बाथरुमा जानु अघि साबुनपानीले हात धोएर वा सेनिटाइजरले हात राम्रोसँग रब गरेर मात्र जानुपर्दछ। सकेसम्म सम्भव भए छुट्टै चर्पी र बाथरुमको प्रयोग गर्नुपर्दछ।

५. चर्पी वा बाथरुमको प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धोएर मात्र बाहिर निस्कनुपर्दछ।

६. खोक्दा वा हाच्छिउँ गर्दा माक्सको प्रयोग गर्नुपर्दछ मास्कको प्रयोग सम्भव नभएको अवस्थामा आफ्नो कुमले नाकमुखलाई  छेकेर खोक्ने वा हाच्छिउँ गर्ने गर्नुपर्दछ। खोक्दा हाच्छिउँ गर्दा भाइरसहरू आफूले प्रयोग गरेका कपडा तन्ना, शिरकको खोल वा अन्य कपडाहरुमा  सर्ने भएकाले त्यस्ता कपडाहरू लाई आफैं डिटरजेन्टको  प्रयोगगरी सफा गर्नुपर्दछ।

७.एउटा सर्जिकल मास्क एक दिनको लागि मात्रै प्रयोग गर्नुपर्दछ। यो किन भनिएको हो भने मास्कको भित्री र बाहिरी भागमा भाएरसको संख्याहरु अत्याधिक बढी मात्रामा रहन सक्ने सम्भावना हुन्छ। निको हुँदै जाने क्रममा आफ्नो शरीरमा भएको भाइरसहरू क्रमिकरुपमा घट्दै जाने गर्दछन् तर पुरानै मास्क प्रयोग गर्दा मास्कमा भएका भाइरस  फेरि सर्ने सम्भावना बढी रहने भएकाले र फेरी भाइरललोड शरीरमा बढी हुने संभावनालाई रोक्न एउटा मास्क एकदिन मात्र प्रयोग गर्नु पर्दछ।  

८. होम आइसोलेसनमा बसेका व्यक्तिहरुले उमालेको तातोपानी दुई तीन घन्टाको फरकमा १ गिलासका दरले पिउने गर्नुपर्दछ। 

९. होम आईसोलेसनमा बसेका व्यक्तिहरुले तातो पानीको बाफ दिनमा ३/४ पटक लिई राख्नु पर्दछ।  यसले नाकको पछाडिको भागमा भएका भाइरसहरुलाई निष्क्रिय बनाउनुका साथै टालिएको नाक खुलाउने र स्वासप्रस्वासका नलीहरुलाई सफा गर्ने काम गर्दछ। साथै स्वासप्रस्वासलाई सहज बनाउँदछ र फोक्सोमा अक्सिजनको मात्रा बढाउँदछ।

१०. कोरोना संक्रमित भएर होम आइसोलेसनमा  बसेका व्यक्तिहरुलाई खान मन नलाग्ने, गन्ध थाहा नपाउने, स्वाद थाहा नपाउने भएकाले थोरै थोरै मात्रामा धेरैपटक झोलिलो खानेकुराहरु खाई राख्नुपर्दछ। यो किन भनिएको हो भने कोरोना भाइरसले फोक्सोमा मात्रै समस्या नदिएर पेटमा र आन्द्राहरुमा पनि संक्रमण गराई पखाला लाग्ने सम्भावना भएकाले शरीरमा जलवियोजनको समस्या भई चक्कर लाग्ने, मुर्छा पर्ने जस्ता समस्या हुनसक्दछ। त्यसकारण झोलिलो खानेकुराहरुको अत्याधिक प्रयोग गर्नुपर्दछ। साथै हरियो सागसब्जी, अन्डा गेडागुडीको रस,  नरम खानेकुराहरु दिनमा तीनचार पटक खाई राख्नु पर्छ।

११. होम आइसोलेसनमा बसेका कोरोना संक्रमित व्यक्तिहरुले सकेसम्म कागती पानी, अमलाको रस, गाँजर मुलाको सलाद अदुवा, लसुन, टिमुर, पतिना र वेसारको सुप लिई राख्नुपर्दछ। यो किन भनिएको हो भने कागती र अमलाको रसमा भिटामिन सी र गाँजरमा भिटामीन ए साथै मूलामा धेरै खनिज पदार्थ हुन्छ। भिटामिन सी र ए ले एन्टिअक्सिडेन्टको काम गर्दछ। साथै लसुन, बेसार टिमुर, पतिना र अदुवामा भाइरस मार्ने तत्व हुनुका साथै शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्दछ।

१२. होम आइसोलेसनमा बसेका कोरोना संक्रमित व्यक्तिहरुले जिंक चक्की ४० एमजी र भिटामीन – डी स्वास्थ्यकर्मीको सल्लाहमा दिनको एकपटकका दरले १० दिन र भिटामीन डी स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहमा लिन सक्नुहुन्छ। तर आफूखुशी भने खानु हुँदैन। 

१३.होम आइसोलसनमा बसेका व्यक्तिहरुले शारीरिक व्यायाममा स्किपीङ, जम्पीङ अथवा गित लगाई नाँच्ने काम गर्नुपर्दछ। यसले गर्दा शरीरका मांसपेशीहरु खुल्ने, हड्डीहरु मजबुत हुने र शरीरमा अक्सिजनका साथै रगतको प्रवाह राम्रो हुने गर्दछ।

१४. होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई मानसिक तनाव बढी हुने हुँदा ४५ मिनेटसम्म योग (ध्यान) गर्ने, सामाजिक संजालहरुको प्रयोग कम गर्ने, संगित सुन्ने, साथीभाई संग रमाOला कुराकानी गर्ने काम गर्नु पर्दछ।

१५. होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई तनाव भएको खण्डमा, घाँटीमा केही अड्केको जस्तो हुनु, छाती भारी हुनु, पिँडुला दुख्नु, काँधका मांसपेशीहरु दुख्नु, मुटु ढुकढुक गर्नु, शरीर कमजोर भएको महसुस हुनु जस्ता लक्षणहरु देखिने भएकाले ती लक्षणहरूलाई कोरोनाको लक्षणहरु हुनकी भनेर डराउनु  हुँदैन।

१६. होम आइसोलेसनमा बसेका व्यक्तिहरुले शरीरको तापक्रमलाई  डिजिटल थर्ममिटरले बिहान, दिउँसो र बेलुका तीनपटक नाप्ने र आफ्नो अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि सकेसम्म पल्स अक्सिमिटर पनि साथमा राख्ने गर्नुपर्दछ। अक्सिजनको मात्रा दिनानुदिन ९८/९७/९६  भन्दा तल घट्दै गएको खण्डमा र अन्य कोरोनाका लक्षणहरु पनि देखिएको खण्डमा स्वास्थ्यकर्मी वा चिकित्सकसंग फोनमार्फत सल्लाह लिनु पर्दछ। पल्स अक्सिमिटरबाट अक्सिजन जाँच गर्दा शरीर शान्त बनाई, चोर औंलालाई सफा गरी, नङ पालिस भएमा हटाई औंलालाई तातो गराई अनि मात्र जाँच्ने गर्नुपर्दछ।

१७. होम आइसोलेसन बसेका कोरोना संक्रमित व्यक्तिहरुलाई स्वास फेर्न गारो भएको खण्डमा र पल्स अक्सिमिटरबाट अक्सिजनको नाप गर्दा अक्सिजनको मात्रा कम हुँदै गएको खण्डमा पेट मुनी र गोडा मुनी सिरानी राखेर घोप्टो परी सुत्ने गर्नु पर्दछ। यसो गर्नाले फोक्सोमा अक्सिजनको मात्रालाई बढाउने काम गर्दछ।

१८. होम आइसोलेसनमा बसेका कोरोना संक्रमित व्यक्तिहरुले आफ्नो आत्मबललाई स्थिर बनाइ राख्नु पर्दछ र घरका परिवारले पनि यो रोगलाई माया र ममता दिएको खण्डमा छिटो निको हुन्। 

१९. कोरोना संक्रमित व्यक्तिले आफ्नो घरपरिवारलाई,  छरछिमेकलाई र समाजलाई बचाउने दायित्व मेरो हो भनी आफूले आफूलाईनै छुट्टै बस्नु पर्छ भन्ने सकरात्मक धारणाको विकास गर्नु पर्दछ।

२०.कोरोना संक्रमित व्यक्तिहरूका आवश्यकतालाई घरपरिवार, छरछिमेक र समाजले जुटाइदिने काम गर्नुपर्दछ। साथै स्वास्थ्यमा प्रतिकूल असरहरु देखिएमा घर परिवार, टोल  र सम्बन्धित निकायले छिटो उपचारका लागि अस्पताल पुर्यासउने व्यवस्था मिलाउनु पर्दछ।

-(शर्मा हेल्थ असिस्टेन्ट हुन्)

साभार-स्वास्थ्य खबरपत्रीका अनलाईन बाट

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!