nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक सञ्जालमा कोभिडविरुद्ध ‘डेक्सामेथासोन’ को उपयोगिताबारे दाबी : कति सत्य, कति झुट ?के फरक छ डेक्सामेथासोन र रेम्डेसिभिरमा ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १, २०७८, २:११ मध्यान्ह
सामाजिक सञ्जालमा कोभिडविरुद्ध ‘डेक्सामेथासोन’ को उपयोगिताबारे दाबी : कति सत्य, कति झुट ?के फरक छ डेक्सामेथासोन र रेम्डेसिभिरमा ?

मदन ढुंगाना,काठमाडौ,जेठ १ गते।अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । भारतका मुटुरोग विशेषज्ञ डा. सञ्जीव कुमारले कोरोनाका बिरामीद्वारा प्रयोग भइरहेको डेक्सामेथासोन औषधिको प्रयोगका सम्बन्धमा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

डा. सञ्जीवले रेम्डेसिभिरका साथै डेक्सामेथासोन नामक स्टेरोइड  औषधि पनि कोभिडका बिरामीका लागि दिन सकिने भन्दै यो सस्तो पनि रहेको बताएका छन् ।  सञ्जीव कुमारको यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र कोभिड बिरामीका लागि औषधि नै आएको जस्तै गरी प्रचारबाजी भइरहेको छ ।

तर, के डेक्सामेथासोन कोभिडको औषधि नै हो त ? यसको प्रयोग, मुल्य, असर र उपयोगिताबारे हामीले विभिन्न चिकित्सक र औषधि विज्ञसँग पनि कुराकानी गरेका छौँ ।

कसरी काम गर्छ ?

कोभिड बिरामीका लागि भनेर हालसम्म कुनै औषधि बनेको छैन । यद्यपि पहिले नै बनिसकेको औषधिलाई ट्रायलका रुपमा प्रयोग भने गरिँदै आएको छ । ती औषधिमध्ये पहिलो रेम्डेसिभिर हो भने दोस्रो स्टेरोइड ।

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक नारायण ढकालका अनुसार रेम्डेसिभिर एउटा यस्तो औषधि हो जसले शरीरमा भाइरस प्रवेश गरिसकेपछि थप फैलिनबाट रोक्न सक्छ र केही हदसम्म भाइरसलाई मार्न पनि सक्छ । भाइरसको वृद्धि हुन नदिएपछि यसले केही हदसम्म उपचारमा सहयोग पु¥याउँछ र मरेको कोषिकाको पुनः उत्पादनमा सहयोग पु¥याउँछ ।

तर, डेक्सामेथासोन चाहिँ एक प्रकारको स्टेरोइड हो, जसले दुखाइ कम गर्ने, एलर्जी बढ्न नदिने, भाइरसका कारण शरीरका अङ्गहरु सुन्निने अवस्थामा त्यसलाई रोक्ने काम गर्छ ।

चिकित्सकीय भाषामा एण्टी इनफ्लामेटोरी अर्थात् सुन्निनबाट रोक्ने औषधी हो यो । त्यसबाहेक यो औषधीको प्रयोगले श्वास–प्रश्वासमा पनि सहजता ल्याउने, इम्युन सिस्टम डाउन गर्ने, फोक्सो, स्वासनली आदि सुन्निनबाट बचाउने काम गर्छ । यसबाहेक मरेका कोषिकाहरुको स्थानमा चाँडो नयाँ कोषिका (सेल) बनाउन पनि यसले काम गर्छ ।

मुल्य

अहिले रेम्डेसिभिरको एक भाइलकै मूल्य औसतमा ४/५ हजार रुपैयाँ पर्छ । कोभिडका बिरामीका लागि प्रयोग गरिसकेपछि यो औषधी ६ भाइल प्रयोग गर्नुपर्ने हुन्छ । यसको अर्थ रेम्डेसिभिरको प्रयोग गर्दा ३० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । जब कि डेक्सामेथासोनको प्रयोग गर्दा त्यो मुल्यभन्दा धेरै कममै प्रयोग गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले ट्रायल गर्न दिएको डेक्सामेथासोनको प्रयोग दैनिक ६ मिलिग्रामका दरले ७ देखि १० दिनसम्म प्रयोग गर्नुपर्ने हुन्छ । औषधी उत्पादक संघ नेपालका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा डेक्सामेथासोनको मुल्य ट्याब्लेटमा भए आधा मिलिग्रामको अधिकतम १ रुपैयाँ ५० पैसा पर्छ । यसको मतलब एक दिन प्रयोगका लागि डेक्सामेथासोनको मूल्य ट्याब्लेटमा भए अधिकतम १८ रुपैयाँ पर्छ । त्यसैगरी इन्जेक्सनको प्रयोग गर्ने भए १० एमएलको अधिकतम ७० रुपैयाँसम्म पर्न जान्छ । यो हिसाबले डेक्सामेथासोनको पूर्ण डोजको मूल्य १८० रुपैयाँदेखि ७०० सय रुपैयाँसम्म मात्र पर्छ ।

उपलब्धता

औषधि उत्पादक संघ, नेपालका महासचिव विप्लव अधिकारीका अनुसार अहिले नेपालका ७ वटा औषधि उत्पादकले डेक्सामेथासोनको उत्पादन गरिरहेका छन् । जसमध्ये ६ वटा उत्पादकले ट्याब्लेटमात्रै र नेशनल हेल्थ केयरले इन्जेक्सनसमेत बनाइरहेको छ ।

अधिकारीका अनुसार सामान्य अवस्थामा दैनिक मागका आधारमा हेर्दा कम्तिमा ३ महिनालाई पुग्ने डेक्सामेथासोन अहिले उत्पादक कम्पनीहरुसँग स्टकमा नै छ । तर, एक्कासी यसको माग बढेको अवस्थामा पनि करिब १ महिनाका लागि पुग्ने स्टक उनीहरुसँग रहेको छ ।

यसबाहेक पनि करिब ३ महिनालाई पुग्ने कच्चापदार्थ पनि औषधि कम्पनीहरुसँग सुरक्षित रहेको छ भने माग बढ्न थालेको अवस्थामा भारत, चीन वा अन्य मुलुकबाट कच्चापदार्थ ल्याएर २० दिनभित्रै उक्त औषधिको उत्पादन गर्न सकिने छ । तर, अहिले उडान तथा स्थलमार्ग पनि बन्द भएको कारण सरकारले आवश्यक पर्दा सहजीकरण भने गरिदिनुपर्ने छ ।

उपयोगिता

वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठ स्टेरोइडको प्रयोग अपरेशनहरुमा पनि हुने गरेको र यसको बहुप्रयोग हुने बताउँछन् । कुनै बिरामीको अप्रेसन गर्दा नसुन्नियोस् भनेर यो औषधिको प्रयोग गरिन्छ भने कतिपय अवस्थामा छालारोग, वाथरोग, हर्मोनको गडबडी, कब्जियत, आँखासम्बन्धी रोग, श्वास–प्रश्वासको समस्या, क्यान्सर, एचआइभी एड्समा आदिमा पनि प्रयोग हुन्छ । यसले इम्युन सिस्टम नै डाउन गर्ने भएको कारण रोगको लक्षण देखिँदैन, जसका कारण ज्वरो आउने, दुख्ने लगायतका समस्या पनि नहुन सक्छ ।

कोभिड १९ ले मुख्यतः लिभर फङ्सनलाई असर गर्ने भएको र भाइरसका कारण फोक्सो, कलेजो तथा स्वासनली सुन्निले भएकाले त्यसैकारणबाट ज्वरोसमेत आउन सक्छ । तर, डेक्सामेथासोन नामक स्टेरोइडको प्रयोग गर्दा मानव अङ्गहरु सुन्निन नदिई श्वास–प्रश्वासमा सहजता ल्याउन सक्छ ।

रेम्डेसिभिरले भाइरसको उत्पादन र वृद्धिलाई रोक्न मद्दत गर्छ भने डेक्सामेथासोनले भाइरसलाई मार्ने नभएर निमोनिया भएर फोक्सो लगायतका अन्य अङ्ग सुन्निने अर्थात् इन्फ्लामेसनलाई रोक्न कम गर्छ । यसको अर्थ यसले भाइरस मार्ने नभएर त्यसको असरलाई कम गर्ने काम मात्रै गर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुन पनि डेक्सामेथासोनको सही प्रयोग प्रभावकारी हुने बताउँछन् । चिकित्सकको सल्लाहमा सही समयमा सही प्रयोग गर्न सकिए यसले मृत्युदर घटाउन सहयोग पु¥याएको र श्वास–प्रश्वासमा सहजता ल्याएको दाबी गर्छन् ।

कोभिडका बिरामीलाई स्वास फेर्न गाह्रो हुन थालेपछि वा आइसीयूमै जाने बेला आइसकेको अवस्थामा यो औषधिको प्रयोग उपयोगी बन्न सक्नेछ । तर, चिकित्सकको सल्लाहमा कतिपटक खाने, कसरी खाने, कति मात्रामा खाने भन्नेबारे जानकारी लिनैपर्छ । कोभिड भाइरसलले फोक्सो, कलेजो, स्वासनली लगायतका अङ्गलाई सुन्नाउने अर्थात् इन्फ्लामेसन गराउने र स्वास फेर्न गाह्रो हुन थालेपछि यो औषधिको प्रयोग उपयोगी बन्ने पुनको भनाइ छ ।

तर चिकित्सकको सल्लाहबिना आफूखुसी वा गलत समयमा गलत विधिबाट यो औषधीको सेवन गर्दा भाइरस झनै फैलने र बिरामी झनै सिरियस पनि हुन सक्ने चिकित्सक बताउँछन् । किनभने, शरीरमा भाइरस प्रवेश गर्नेबित्तिकै मेडिकलबाट किनेर यो औषधीको सेवन गर्न थालियो भने सुरुमा स्टेरोइड वा डेक्सामेथासोनले इम्युन सिस्टम डाउन गर्ने भएकाले लक्षण नदेखाउने तर अन्तिम अवस्थामा अस्पताल पुराउँदा बचाउनै नसकिने अवस्था पनि आउन सक्ने छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेक्सामेथासोनको सही प्रयोगले सिरियस बिरामीमध्ये झण्डै करिब ७ प्रतिशतलाई निको बनाएको वा करिब ७ प्रतिशतले मृत्युदर घटाएको पाइएको छ ।  

साइड इफेक्ट

डेक्सामेथासोन स्टेरोइड भएको कारण यसले उपचार गर्ने नभएर लक्षण नदेखाउने मात्रै काम गर्छ । अर्थात् यो औषधिले शरीरमा भएको भाइरसलाई मार्ने नभएर त्यसको असर नदेखिने मात्रै बनाउने हो ।

डाक्टर पुकारचन्द्र श्रेष्ठका अनुसार यो औषधीको धेरै प्रयोग गर्दा यसले शरीरमा सुगरको मात्रा बढाउने, मोटाउने, धेरै रीस उठ्ने, छिनछिनमा मन परिवर्तन भइरहने (मुड सुइङ), बिर्सने र शरीरमा भाइरसको मात्रा बढाई इन्फेक्सनसमेत गराउन सक्नेछ । त्यसबाहेक वान्ता हुने लगायतका समस्या पनि यसले ल्याउन सक्नेछ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार भारतमा यसको अत्याधिक प्रयोग भइरहेको छ । अध्ययनले पुष्टि नगरेको भए पनि यसको प्रयोग बढी गरिएकाहरुमा पछि फङ्गल इन्फेक्सन भएको छ र केही केहीको आँखाको ज्योतिसमेत गुमेको छ । यसको मात्रा, प्रयोग विधि आदिमा ध्यान नदिँदा यी समस्याहरु देखा परेको पुनको भनाइ छ ।

कोभिड हुनेबित्तिकै खाने औषधि होइन यो : डा. पुन

डा. पुनका अनुसार कतिपय व्यक्तिले डेक्सामेथासोन कोभिडको औषधि भनेर लाग्नेबित्तिकै खाएको पनि पाइएको छ । तर, यो औषधि सुरुवातमै खाँदा यसले थप असर गर्ने पुनको जिकिर छ । पुन, भन्छन्, ‘मलाई कोरोना लाग्यो, अब औषधि खाएर चाँडै निको हुन्छु भन्ने व्यक्तिहरु पनि भेटिएका छन् । उनीहरुले चिकित्सकको सल्लाहबिना पनि यो औषधि खाइरहेका छन् । तर, सुरुवातमै खाँदा यसले भाइरसलाई तीब्ररुपमा फैलिन सहयोग गर्छ । किनभने, पहिलो चरणमा लक्षण त केही देखिँदैन, तर शरीरभरि भाइरस फैलिइसकेको हुनसक्छ । अनि साह्रै गाह्रो हुन थालेपछि अस्पताल पुर्‍याउँदा बचाउनै नसकिने अवस्था पनि आउन सक्छ ।’

पुन अगाडि थप्छन्, ‘सही समय, सही तरिका र सही व्यक्तिलाई प्रयोग गर्दा शरीरलाई राम्रो गर्छ । तर, हाम्रो समाज कस्तो छ भने भएभरको किनेर लैजाने र खान नजान्ने प्रकृतिको छ । यो औषधि कम्तिमा एकपटक चिकित्सकको सल्लाह लिएर मात्रै प्रयोग गर्नुपर्छ ।’

डा. पुनका अनुसार यो औषधिको लापरवाही प्रयोग भयो भने यसले शरीरमा भाइरसको मात्रा झनै बढाउने र उपचार नै नहुने सम्भावना पनि ल्याउन सक्छ । उनी भन्छन्, ‘त्यसकारण पहिले कोभिड देखिनुपर्‍यो, त्यसपछि कम्तिमा ५÷६ दिनसम्म यसको असर हेर्नुपर्‍यो । श्वास फेर्न गाह्रो भयो, ज्वरो कम हुँदै भएन भने चिकित्सकको सल्लाह लिएर मात्रै खानुपर्छ । जथाभावी गर्न थालियो भने यो औषधि नभएर विष पनि बनिदिन सक्छ ।’

साभार-रातोपाटी डटकम बाट

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!