सप्तरी,बैशाख २८ गते।सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा मंगलबार बिहान दुई जनाको ज्यान गएको छ।साइकलमा सवार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनितादेवी मण्डलको मृत्यु भएको हो।

पूर्वतर्फ जाँदै गरेको ना६ख २८६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गमा साइकललाई बिहान साढे ६ बजे ठक्कर दिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको थियो । ‘ट्रक द्रूत गतिमा रहेछ,’ सिंहले भने, ‘त्यही भएर आफ्नो साइड छाडेर अर्कोतिर गएर साइकललाई ठक्कर दिएको देखिन्छ ।’
दुबै जनालाई उपचारका लागि भारदह लैजाने क्रममा मृत्यु भएको काफ्लेले बताए।शव पोष्टमार्टमका लागि राजविराज लगिएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।















Discussion about this post