काठमाडौ,बैशाख १३ गते।त्रिभुवन विश्ववविद्यालयले सबै तहका परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सोमबार सूचना जारी गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले कोरोनाको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा विद्यालयहरूलाई निर्देशन दिएको थियो ।
‘परीक्षा सञ्चालक समितिको बैठक अनुसार सबै तहका परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ ।
हेर्नुस् त्रिविको सूचना :
















Discussion about this post