विसुन देव सरदार/ सिरहा / बैशाख ९ गते।आज बिहानै देखि मौसम खराब देखिएको हो । आज बिहान करिब ७:४५ बजेदेखि आएको हावाहुरी तथा मेघगर्जन सहित वर्षाले ठाउँठाउँमा क्षति पु्रयाएको छ।
अहिले करोना कहर सँगै यस्तो बेलामा हावाहुरी तथा मेघगर्जन वर्षाले गरिब , असहायको जनजीवनमा ठुलो समस्या खडा भएको देखिएको छ। ठाउँठाउँमा ठुलो हावाहुरीले सहनै नस्कने गरी रुख तथा घरको छाना उडाइएको छ। अहिले वसंत ऋतु बैशाख महिना गाउँ घरमा बिबाहक रौनक समेत देखिएकोमा बिहेको लागि तयार पारिएको (बनाइएको ) टेन्टका सामान उडाएर क्षति पुर्याएको हो ।
यो सँगै किसानले खेतबारी लगाइएको तरकारी जस्तै प्याज , मुङ्ग , फर्सी , खीरा , लौका , करेला , लगायत साग तरकारीहरुमा क्षति पुर्याएको देखिन्छ ।ठुलो हावाहुरी आएको बेला परालको घरमा बस्ने डर्नु स्वभाविक हो । यतिबेला बैशाख महिनामा गाउँ घरमा धुवा , धुलोले गर्दा जनजीवन कष्टकर बनेकोमा पानी परेकाले किसान तथा गाउँ ( ग्रामीण ) शहरका तर्फका व्यक्ति तथा मानिस हर्षित देखिएको हो ।
मौसम अहिले पनि बिकराल नै देखिएको छ। तसर्थ सावधानी अपनाई बस्न हुन मौसम विद् हरुले भनेका छन।















Discussion about this post