विसुन देव सरदार/लहान/बैशाख ८ गते।सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा न. ८ मा आज श्री लक्ष्मण सेवा सदनको उदघाटन समारोह सम्पन्न भएको खवर प्राप्त छ।कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. २ का आर्थिक मामिला तथा योजना विकास मन्त्री मननीय विजय कुमार यादव , विशिष्ट अतिथि प्रदेश २ का सांसद माननीय मदन श्रीवास्तव रहनु भएको थियोे ।

यो सँगै अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सदस्य किशोरी प्रसाद चौधरी , रामकुमार यादव ( बाबा ) , नेपाली काङ्ग्रेसका युवा नेता तथा सुखीपुर नगर सुधार समितिका संयोजक वि पी भुवन यादव , जनता समाजवादी पार्टीका नेता विन्देश्वर पंजियार लगायत समाजसेवी , बुद्धिजीवी , विद्यार्थी , किसान र व्यापारीहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम लक्ष्मण प्रसाद चौधरी ज्युको अध्यक्षतामा उदघाटन कार्यक्रम सु- सम्पन्न भएको नेपाली काङ्ग्रेसका नेता किरण कुमार यादवले बताए ।















Discussion about this post