विनोद मण्डल/उदयपुर/वैशाख ८ गते ।उदयपुरमा मानव कंकाल फेला परेको छ । रौतमाई गाउँपालिका ७ मा पर्ने नवज्योति वनको हिले खोल्सिमा घाँस काट्न गएको मानिसहरूले शुक्रवार मानवको कंकाल देखेपछि प्रहरीमा खवर गरेका थिए । घटना शंखास्पद भएकोले प्रहरीले शुक्षम अनुसन्धान शुरु गर्यो घटना स्थलबाट चुरा, पोते ,ढुङ्गा, र छोरा मान्छेले लगाउने टोपी फेला परेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय २४ वर्षीय राजु आछामेलाई शनिबार पक्राउ गरी आइतबार सार्वजानिक गरेको हो । तराइ मूलका जस्तो देखिने ती युवतीलाई आछामेले बलात्कारपछि ढुङगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।
गत चैत ११ गते आछामेले मानसिक सन्तुलन गुमाएकी ती युवतीलाई बेलुकी ६ वजे जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर बलात्कार गरी हत्या गरेको प्रारम्भिक वयानबाट खुलेको उनले बताए ।
कंकाल फेला परेलगत्तै प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनाको दिन आछामेसँगै ती युवती रहेको खुलेपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा हत्याको रहस्य खुलेको एसपी दाहालले बताए । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको ढुङगा र आरोपितले लगाएको टोपीसमेत बरामद गरेको जनाएको छ ।
Discussion about this post