रोहित कुमार मण्डल/लहान/बैशाख ८ गते ।सप्तरीको सुरुङ्गा नगरपालिकामा लाग्ने सिरुवा मेला तथा जुडशितल मेलामा स्वमसेवकको रुपमा खटिएको ३५ जनालाई यूवाहरुलाई नगर उप प्रमुखले टिर्सट तथा पोशाक प्रदान गरेका छन् ।
मेलामा शान्ति सुरक्षाका लागि खटिएका सुरुङ्गा नगरपालिका –५ कुशहा तथा सुरुङ्गा नगरपालिका –७ हरिपुर पोखरीयाका ३५ जना यूवाहरुलाई एक कार्यक्रम बिच पोशाक वितरण गरेका छन् । नगर उप –प्रमुख बिन्दा कुमारी पासवानले व्यतिmगत खर्चबाट कुशहाका मेला समितिका सदस्य बच्चु पासवान, दिपेन्द्र पासवान तथा हरिपुर पोखरीयाका मेला समितिका बिष्णुदेव पासवानलाई पोसाक हस्ताणतरण गरेका थिए ।नगर उप प्रमुख पासवानले प्रत्येक मेलाहरुमा खटिने यूवा स्वयम सेवकहरुलाई पोशाक वितरण गर्दै आएका छन् ।















Discussion about this post