विसुन देव सरदार/सिरहा/बैशाख ४ गते।हिजो शुक्रबार बसेको सिरहा जिल्ला विपद व्यवस्थापन समिति बैठक द्वारा ” डुवान कटान बाट जोगिन ” २०७८ सालको मानसुन पुर्व तयारी एवंम प्रतिकार्यका लागि बैठक सम्पन्न भएको हो ।

श्री शेर गण चोहर्वा , सिरहा नेपाली सेनाको विपद व्यवस्थापन बारे स्थलगत अवलोकन गरिएको हो भने बैठकमा कमला , बलान , मैनावत्ती , घुर्मी , गागन लगायतका मुख्य मुख्य विन्दुको तुरुन्तै कटान नियन्त्रणका लागि सम्बद्ध नदी नियन्त्रण आयोजना तथा स्थानीय तहलाई समेत आग्रह गरेको छ।

यो सँगै खोज तथा उद्धार सामग्री खरिद गरि नजिकैको सुरक्षा निकायलाई उपलब्ध गराउन सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरुलाई आग्रह गर्नुभएको छ।

हरेक सरकारी निकाय , स्थानीय तह र संस्थामा रहेको साधन , स्रोत , क्षमता अध्यावधिक गरि तुरुन्तै जिल्ला आपतकालीन केन्द्र ( डि ई ओ सी ) मा उपलब्ध गराउन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले सबैमा आग्रह गर्नु भएको छ।
















Discussion about this post