सिरहा।सिरहाको लहान नगरपालिका ७ मा रहेको महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश सारडाको घरमा लुटेरा समूहले फिल्मी शैलीमा लुटपाट गरेको छ । लुटेरा समूहले सोमबार बेलुका घरका सबैलाई नियन्त्रणमा लिएर सुन चाँदीको गहना लुटेको हो ।
लुटेराहरु सारडाकै बा १० च ९३०२ नम्वरको कारमा राखेर डाकाहरु भगेका थिए । घटनाको करिव ३ घण्टाभित्रै लहानभन्दा करिव ४० किलोमिटर पश्चिम दक्षिण कल्याणपुर नपा १२ बेलहाबाट लुटिएका सुन चाँदी र कार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा.तपनकुमार दहालले भने ।
प्रहरी लुटेराहरुबाट चाँदीको गलामा हसुली ७७ थान, गोडामा लाउने कल्ली ६० थान, चुरी २६ थान, पायल (पाउजु) ८२ थान र चाँदीको सिक्का २ सय ७४ थान ४४ केजी २ सय ११ ग्राम चाँदी र ८ ग्रामको सुनको ब्रासलेट बरामद गरिएको बताएको छ । ४० लाख ६९ हजार २ सय ८८ रुपैयाँको चाँदी र ६१ हजार ९ सय ९५ रुपैयाँको सुन रहेको बताइएको छ ।
लुटिएको गहना र गाडी इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।यो समाचार तयार पार्दा सम्म सारडाको अवस्था अझै अचेत रहेकाले यति नै सामान लुटिएको एकिन भने भैसकेको छैन । हतियारधारी समूहले दुई वटा दराजको लकर फोडेर सुनचाँदी लुटेको सारडा परिवारले जनाएको छ ।















Discussion about this post