nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सरकारको भोजमा शहिद परिवारको विरोध

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३१, २०७७, ७:३४ मध्यान्ह
प्रदेश २ सरकारको भोजमा शहिद परिवारको विरोध

जनकपुरधाम,चैत ३१ गते।प्रदेश सरकार भोजभतेरमा व्यस्त रहेको समयमा मधेस आन्दोलनका सहिद परिवारहरु विरोधमा उत्रेका छन् । नव वर्ष २०७८ को आगमनसँगै जुडशीतल तथा सिरुवा पर्वको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको शुभकामना आदान–प्रदान एवं चियापान समारोहमा शहीद परिवारले विरोध जनाएका हुन् ।

प्रदेश सरकारले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बाराबाट सैकडौँको संख्यामा जसपाका नेता तथा कार्यकर्तालाई निमन्त्रणा दिएर भोजको आयोजन गरेको थियो । नव वर्ष २०७८ को आगमनपूर्व जुडशीतल तथा सिरुवा पर्वको अवसरमा चियापानको आयोजना गरिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।

सहभागीहरु भोज खाइरहँदा शहिद परिवारले आफूहरुलाई प्रदेश सरकारले झुक्याएको भन्दै विरोधमा उत्रेका हुन् । प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने प्रलोभन दिए पनि ठग्दै आएको आरोप शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका प्रदेश नम्बर २ का प्रदेश अध्यक्ष रामनरेश रायले बताए ।

अध्यक्ष रायले भने, ‘हामी ५३ जना शहीद परिवारलाई गत वर्ष जेठ महिनामा नै प्रदेश सरकारले नियुक्तिपत्र दियो, तर त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई ठगिएको छ ।’  अध्यक्ष रायले गत मंसिर २७ गतेका दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयहरूलाई १४ बुँदे माग पत्रसहित ज्ञापन पत्र नै उनीहरुलाई बुझाएको बताउँदै हालसम्म माग पूरा नभएको बताए । सहिदका नाममा प्रदेश सरकारले मधेस सहिद प्रतिष्ठान तत्कालै गठन गरेर सहिद परिवारको समस्या सम्बोधन गर्ने आश्वासन दिएको राय बताउँछन् ।

प्रदेश सरकारले वाचा गरेको डेढ महिना भन्दा बढी भइसक्दा पनि आलटाल गर्दै आएकाले बाध्यतावश आज आन्दोलन गर्नुपरेको सहिद परिवारका सदस्य इन्दुनारायण यादवले गुनासो गरे । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारहरूले नियुक्ति पत्र पाएकाहरू सबैलाई जागिर, राष्ट्रिय परिचयपत्रको व्यवस्था, बालबालिकाहरूलाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था, आवास कार्यक्रमअन्तर्गत सुकुम्बासी शहीद परिवारलाई घरको व्यवस्था हुनुपर्ने पीडितहरूको माग छ । मधेस आन्दोलनका क्रममा शीर्ष नेताले घोषणा गरेको ५० लाख रुपैयाँको पनि कार्यान्वयन लगायतका १४ बुँदे माग रहेको अध्यक्ष रायले बताए ।

प्रदेश सरकारले शहीद परिवारलाई जागिरका नाममा केहीलाई कार्यालय सहयोगी पदमा नियुक्ति दिएको छ भने ५३ जनालाई नियुक्ति पत्र वितरण गरे पनि २८ जनाले मात्रै जागिर गर्दै आएका छन् ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!