विसुन देव सरदार/लहान/चैत्र ३१ गते।सिरहाको लहानमा लगातार डकैतीका कारण व्यापारी तथा सर्वसाधारण असुरक्षित बन्दै गरेको छ। कसरी गर्ने व्यापार , सुरक्षा अनुभुति दिलाउन व्यापारीहरु राज्यसँग मांग गरेको छ।
सिरहाको लहानमा डकैती गरी गाडी र सामान सिरहाको बेल्हामा फेला पारेको छ।लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले गाडी र सुनचाँदीका गर गहना लुटेर भागेका थिए।
हतियारधारी लुटेरा समुहले सारडाको बा. १० च ९३०२ नम्बरको जीप भागेका थियोे उक्त जीज सिरहा प्रहरीले कल्याणपुर नगरपालिका -१२ बेल्हामा फेला पारेको हो ।हिजो बेलुका साँझ ६:३० बजे ७-८ जनाको समूह आएका हत्यारधारी लुटेरा लकर फोरेर सुनचाँदी र गाडी सहित लुटेर भागेको पीडित परिवारको भनाइ रहेको छ।
यो भन्दा पहिला पनि लहान नगरपालिका वडा नम्बर २२ मा पनि चैत्र २९ गते राति डकैती गरेर मान्छेको ज्यान समेत लिईएको खवरसामु नै छ।
उक्त घटना २४ घण्टा नबित्दै दोहोरिएको हो । यसमा इलाका प्रहरी कार्यालय लहान मौन देखिएको छ। घटना छानबिनमा सुस्त देखिएको छ।
लहानमा डिएसपी डा. पतन दाहाल आउनु मालपोत कार्यालयमा बम बिस्फोट हुनु , लगातार २४ घण्टा नबित्दै सुनचाँदी पसलमा डकैती हुनु त्यो पनि शहरमा प्रश्न चिन्ह खडा हुनु स्वभाविक हो भन्ने व्यवसायी र सर्वसाधारणको भनाइ छ।
त्यसैले यी कार्यहरु प्रति व्यापारी असुरक्षित महसुस गर्दै चिन्तित र त्रसित बन्दै गइरहेको छ। असुरक्षित बन्दै गएकोमा राज्यसँग सुरक्षा अनुभुति दिलाउन मांग गरेको छ। निश्पक्ष छानबिनको लागि होस र फटहा चोर , डकैतलाई कार्वाही होस भनी सुनचाँदी व्यवसायी जेसी वसंन्त साहले बताए ।















Discussion about this post