उमेश कुमार साह/सप्तरी/चैत २९ गते।सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको श्रोत भवनमा पाँच दिने आधारभूत तालिम शनिबार सम्पन्न भएको छ ।उक्तमा ६० जनाको सहभागितामा रहेको थियो । समूह समितिका पदाधिकारहिलाई ५ दिने आधारभूत तालिम महिला तथा बालबालिका शाखा बोदे बरर्साईन नगर कार्यपालिकाको आयोजनामा सम्पन्न भएको छ ।

नगर भित्र गठन भएका महिला समूहका पदाधिकारीहरूलाई सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरेको समाजिक परिचालक बिभा यादवले बताईन् । तालिममा प्रशिक्षण निमित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, महिला बालबालिका शाखा प्रमुख कला चपाँगाई, ईलका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अरूण कुमार सिंहले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै निमति प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले महिला समूहको आवश्यकता अनुसार सिप बिकास गर्ने र स्थानीय स्तरमा समूहको आकाक्षां अनुसार अगामि बजेटमा कार्यक्रम ल्याउने प्रतिद्धता ब्यक्त गरे । उक्त कार्यक्रमको अध्यक्षता सिसुवा महिला बिकास समूहका उपाध्यक्ष तथा वडा नम्बर–६ की वडा सदस्य सुमिन्द्रा यादवकी अध्यक्षतामा सम्पन्न भएको थियो ।














Discussion about this post