एजेन्सी, २४ चैत्र ।भोजपुरी फिल्महरुको सुपरस्टार खेसारी लाल यादव र एक्ट्रेस आम्रपाली दुवेको तस्विर भाईरल भईरहेको छ ।
यि तस्विरहरुमा दुवै कलाकारहरुको लुक ज्यादै परिवर्तन भएको देखिएको छ । खेसारी र आम्रपालीको तस्विर सोशल मिडियामा ज्यादै शेयर भईरहेको छ ।
खेसारी र आम्रपालीले आफ्नो अपकमिङ्ग भोजपुरी फिल्म आशिकीको सेटको केही तस्विर शेयर गरेका थिए । उनिहरुलाई मन पराउनेले दुवैको केमेस्ट्रि ज्यादै भएको वताएका छन् ।
आम्रपाली यी तस्विरहरुमा ज्यादै सुन्दरी देखिएकी छिन् भने खेसारीको वदला, रिसाहा लुक पनि कम घातक देखिँंदैन ।
खास कुरा के भने दुवै कलाकारले त्यो फोटो इन्स्टाग्राममा पोष्ट गरि क्याप्सनमा लेखेका छन्, “फोटो अलि ब्लोअल छ, तर इन्टेन्सन विल्कुल क्लियर छ” यसवाट यि दुई कलाकारहरुलाई आफ्नो आउन लागेको फिल्म आशिकीवाट धेरै आशा रहेको स्पष्ट हुन्छ ।
प्रयागराजमा उक्त फिल्मको सूटिङ्ग चलिरहेको छ । पराग पाटिल यस फिल्मका डाईरेक्टर हुन् । पराग पहिलो चोटी आम्रपालीको साथ काम गर्दै छन् ।














Discussion about this post