nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘छोरा आशनारायणले दिलाएको आशा मलेसियाले खोस्यो’

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७७, ८:३६ मध्यान्ह
‘छोरा आशनारायणले दिलाएको आशा मलेसियाले खोस्यो’

प्रभातकुमार वर्मा

वैदेशिक रोजगारीले धेरैलाई आशा दिलायो । त्यही आशाको झोला बोकेर नेपालबाट युवाहरु विदेश उडिरहे । उनीहरुका आशा पूरा हुने पर्खाइमा बसिरहे परिवारजन । तर कतिका आशा पूरा भए, कतिका भएनन् ।

कलैया रामपुरकी कुन्तीदेवी कुशवाहालाई पनि त्यस्तै आश थियो । वैदेशिक रोजगारीमा गएको आफ्नो छोराले गरेको प्रगति हेर्ने । घरको अवस्था उँभाे लागेको र पक्की घर ठडिएको हेर्ने धोको थियो । तर सबै रहर पूरा हुँदा रहेनछन् ।

‘रहर त कति हुन्छन् कति, तर पूरा हुनुपर्यो नि’ कुन्तीदेवी भन्नुहुन्छ , ‘श्रीमानसँग जीवन बिताउने रहर कसलाई हुँदैन र, तर मेरो त्यो रहर पूरा भएन त !’

आजभन्दा लगभग १८ वर्ष पहिले कुन्तीदेवीले आफ्नो श्रीमानलाई गुमाउनुभयो । पेटको क्यान्सर निको नहुँदा उहाँको श्रीमानको ज्यान गयो । त्यतिबेला कुन्तीदेवीका तीन छोरी र एक छोरा थिए । श्रीमान्ले ज्यान गुमाउँदा कुन्तीदेवीका छोरा आशनारायण ४ वर्षका थिए । जेठी छोरीका बिहे भइसकेको थियो ।

कुन्तीदेवीका श्रीमान् धारा मिस्त्री थिए । त्यही काम गरेर घरगुजारा चल्थ्यो । तर श्रीमान् नरहेपछि आफ्ना सबै आशाहरु कुन्तीदेवीले छोरा आशनारायणको पोल्टामा हाल्नुभयो । छोरालाई नै आफ्नो सहारा ठानेर उसको भविष्य उज्ज्वल होस् भन्नेमा  लाग्नुभयो ।

दैवले श्रीमान् खोस्दा पनि छोराछोरीको सहारामा बाँकी जीवन काट्ने सोच्नुभयो । आँटिली कुन्तीदेवीले जसो तसो दैनिक ज्यालादारी गरेरै भए पनि छोराछोरीलाई हुर्काउनुभयो । आफ्नो तीन कठ्ठा खेतमा काम गर्दै छोराछोरीहरुलाई पढाउनुभयो । श्रीमानको उपचार गराउने बेलाको ऋण त छँदै थियो फेरि ऋण लिएर माइली छोरीको बिहे गरिदिनुभयो ।

कुन्तीदेवीलाई लाग्थ्यो, ‘छोरो हुर्किँदैछ, कमाएर एकदिन ऋण कसो न चुकाउला र ?’

घरको समस्या । कमाउनुपर्छ भन्ने सोच । आशनारायणले चाहिने जति शिक्षा नलिई कक्षा पाँच सम्म मात्रै पढ्नुभयो । त्यसपछि नारायणघाटमा टायल मार्बलको काम सिक्दै गर्दै गर्दा १८ वर्षको भए ।

आशनारायणलाई अब गाउँघरमा काम गरिरहन मन लागेन । बुवाको उपचार र दिदीको बिहेको बेला लिएको चार लाख रुपैयाँ ऋणले तर्साउन थाल्यो । नेपालमै बसेर यत्रो ऋण तिर्न सकिन्न भन्दै त्यसको लागि विदेश जाने सोच्नुभयो । साथीहरुले पनि हौस्याए । विदेश गए धेरै कमाइ हुने आशाले आशनारायण म्यानपावर धाउन थाले ।

ऋण काढेर परदेश

त्यतिबेला कुन्तीदेवीले जति सम्झाए पनि केही लागेन आशनारायणलाई । घरको ऋण तिर्नेजति कमाएर फेरि नेपाल फर्किन्छु र तपाईंसँगै बस्छु भनेर आमालाई फकाए । बुवाको उपचार र दिदीको बिहे गर्दा लिएको चार लाख ऋण छँदै थियो । त्यसैमाथि आफू विदेश जानको लागि आशनारायणले साढे दुई लाख रुपैयाँ ऋण काढेर एजेण्टलाई बुझाए ।

त्यसपछि आशनारायण २०७४ को जेठमा तीन वर्षको करारका साथ सामान्य कामदारको रुपमा मलेसिया गए । घरमा कुन्तीदेवी आफ्नी एउटी अविवाहित छोरीसँग छोरा आउने बाटो हेर्दै बस्न थाल्नुभयो ।

भएन सोचेजस्तो

आशनारायणले मलेसियाबाट घरमा पैसा पठाइरहन्थे । समय राम्राे चल्दै थियो । समयको सुईले दुई वर्ष फड्को मारेको पत्तै भएन कुन्तीदेवीलाई पनि  ।

केही ऋण तिरिसकिएकाे थियो । केही बाँकी थियो । अब बाँकी ऋण पनि तिरेर छोरा घर फर्किन्छ भन्ने आशा मनमा पालेर राख्नुभएको थियो कुन्तीदेवीले । तर आशा निराशामा परिणत हुन के बेर लाग्छ र ? गएको साउनको एक अँध्यारो दिन ।  कुन्तीदेवीका आशा चक्नाचुर भए । आँखाबाट बर्बर्ती आँसुका धारा खसे ।

एकाएक मलेसियाबाट आशनाराणको ज्यान गएको खबर आयो । कम्पनीले दिएको कोठामा झण्डिएर ज्यान गएको भन्ने जानकारी मिल्यो परिवारलाई । कुन्तीदेवीलाई अहिले पनि विश्वास लाग्दैन आफ्नो छोराले झुण्डिएर आत्महत्या गर्यो होला भनेर ।

‘खुट्टा भुईँमा लत्रिएको देखिन्छ फोटोमा’, उहाँ भन्नुहुन्छ, ‘झण्डिएर आत्महत्या गर्यो भनेर कसरी भन्ने ?’

लकडाउनकै बेला साउनमा आशनारायणको शव नेपाल आइपुग्यो । छोरा गुमाउँदाको पीडा । त्यसैमाथि कसरी शव झिकाउने, कहाँ जाने कुन्तीदेवीलाई केही थाहा थिएन । 

आफ्नो जेठो ज्वाइँसँगै कुन्तीदेवी छोराको पीडा बोकेर कलैया उपमहानगरपालिका पुग्नुभयो । नगर प्रमुख राजेशराय यादवले कलैया उपमहानगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्रका कर्मचारीलाई जानकारी गराउनुभयो । श्रोत केन्द्रका कर्मचारीले काठमाण्डौमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन सीएमआईआरसँगको समन्वयले काठमाण्डौबाट शव नि:शुल्क रुपमा घर सम्म ल्याए ।

श्रोत केन्द्रले पालिकाबाट सिफारिस पठाई वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँ र बिमाबापतको चौध लाख रुपैयाँ गरी एक्काइस लाख राहत रकम उपलब्ध गराउनमा सहयोग गरिदियो ।

कुन्तीदेवीले श्रीमान् गुमाउँदा आफ्नो छोराको अनुहार हेरेर जीवन जिउने उर्जा संग्रह गर्नुभएको थियो । जीवन जिउनुको आशा भन्नु नै त्यही छोरा थियो । तर छोरा पनि गुमेपछि अहिले कुन्तीदेवी भावनात्मक रुपमा टुक्रिनु भएको छ । 

‘मेरो सर्वस्व श्रीमान् खोस्दा त्यति दुःख लागेन जति वैदेशिक रोजगारले मेरो जीवनको आशा, मुटुको टुक्रा, मलेसिया गएको छोरालाई मसँग खोस्दा लाग्यो’, दबिएको स्वरमा भन्नुहुन्छ, ‘छोरा आशनारायणले दिलाएको आशा मलेसियाले खोस्यो’

यसो भनिरहँदा कुन्तीदेवीका आँखा रसाउँछन् । सारीको फेरले आँसु पुछ्दै आकासतिर हेर्नुहुन्छ । कतिबेला भुइँ खाेर्स्याउनु हुन्छ ।

हुन त छोरीहरुको बलियो साथ छ उहाँलाई । तर मानसपटलमा बसेको छोरा आशनारायणको चित्रले भने कुन्तीदेवीलाई बेला बेला झस्काइरहन्छ ।  

साभार-उज्यालो अनलाईन बाट

Tags: बारा

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!