एजेन्सी,चैत २० गते।बलिउड अभिनेत्री दिया मिर्जा गर्भवती भएकी छिन् । उनले सो कुरा आफ्नो इन्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
दियाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनले आफू गर्भवती भएको कुरा सामाजिल सञ्जालमार्फत् जानकारी दिएकी हुन् ।दियाले सार्वजनिक गरेको तस्बिरमा उनको बेबी बम्प प्रस्टसँग देख्न सकिन्छ । उक्त तस्बिर वैभवले नै खिचेको उनले उल्लेख गरेकी छिन् ।
Discussion about this post