जनकपुरधाम,चैत २० गते ।धनुषामा एकैदिन दुई जनाको शव फेला परेको छ ।खेतमा काम गर्न निस्किएका जिल्लाको औरही गाउँपालिका-३ बस्ने ४० वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान खेतमा काम गर्न निस्किएका उनी सोही साँझ मृत अवस्थामा फेला परेका छन् भने एक पुरुषको आँपको बगैँचामा शव फेला परेको हो ।राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।
मृतकको घाँटीमा गम्छा बाँधिएकोले कसैले उनको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए । पोष्टमार्टमको रिपोर्ट पश्चात थप अनुसन्धान हुने उनले बताए ।
त्यस्तै, बिहीवार बिहानै क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडियामा आँपको बगैंचामा एक पुरुषको शव फेला परेको छ ।मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई कसैले हत्या गरेर बगैँचामा फालेको हुनसक्ने स्थानीयको आशंका छ ।यी दुबै घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





















Discussion about this post