सप्तरी,चैत १९ गते।लामो समय अन्तरालपछि सप्तरीमा पुनः एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।राजविराज नगरपालिका–२ का २१ वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।सप्तरीमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास सुरु भएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको स्वाब परीक्षण गरिएकोमा युवकमा संक्रमण पुष्टि भएको उनले मधेशलाइभलाई जानकारी दिए । युवक हाल होम होइसोलेसनमा रहेको निमित्त प्रमुख यादवले बताए ।
संक्रमित युवक केहीदिन अगाडि मात्र पोखराबाट होली मनाउन घर आएका थिए ।संक्रमित युवक पोखरामा अध्ययनरत छन् ।उनलाई पोखरामै कोरोना संक्रमण भएको हुनसक्ने परिवारजनको आशंका छ ।कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमित हुने उनी जिल्लाका पहिलो संक्रमित व्यक्ति हुन् ।














Discussion about this post