nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफन्तबाटै श्रीमान् मारिएपछि रंजना माथी बज्रपात,सिङ्गो परिवार नै शोकमग्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७७, ६:५२ मध्यान्ह
आफन्तबाटै श्रीमान् मारिएपछि रंजना माथी बज्रपात,सिङ्गो परिवार नै शोकमग्न

विनय यादव/सिरहा,चैत १४ गते।श्रीमान् उद्योगका कामदार, काखमा भर्खरै हुर्कंदै गरेकी छोरी, हाँसीखुशी परिवार । यस्तै सपनामा रंगिदै सिरहाको मिर्चैया-७ लिखटोलकी १९ वर्षीया रंजना यादव दोस्रो वैवाहिक वर्षगाँठको प्रतीक्षामा थिइन् । तर, उनको जीवनमा एकाएक बज्रपात आइलाग्यो । रंजनाको श्रीमान् माथि आफन्तकै नजर लाग्यो ।

उनका श्रीमान् २५ वर्षीय शिवकुमार यादव यहाँ अवस्थित सौर्य सिमेन्ट उद्योगमा काम गर्थे । पछिल्लो एक वर्षदेखि त्यस उद्योगमा उनी जस्ताले छाना छाउने काम गर्दै आएका थिए । दिनमा खाना खाएर काम गर्न जाने उनी बेलुकी फर्किन्थे, कहिलेकाहिँ ढिलो पनि हुन्थ्यो । कहिलेकाहिँ भने राति पनि काम गर्न जानुपर्थ्यो । दिनको ड्युटी सकाएर घर आई खाना खाएर उनी पुनः राति काममा जान्थे । तर, उनी अबेर रातिसम्म भए पनि काम सकाएर घरमै फर्किन्थे ।

यो उनको दैनिकी थियो । ७ चैतको साँझ ७ बजेतिर उनी राति पनि काम गर्नुपर्छ भन्दै घरबाट निस्के । उनले काम छ भनेर दश हजार रुपैयाँ पनि मागे । जाने बेलामा घर बाहिरबाट उनले भाउजू अमृता यादवलाई भनेका थिए, ‘म काम सकेर अबेरसम्म आउँछु, ढोका खुल्लै राख्नू ।’ कहिलेकाहिँ राति पनि ड्युटी गर्ने भएकाले परिवारका कसैले उनलाई केही सोधेनन् । रोकेनन् पनि ।

८ चैतको बिहान साढे ६ बजेतिर फोन गर्दा उनको फोन लागेन । निरन्तर फोन लगाइयो । फोन नलागेपछि सबैजना आत्तिए । उनको खोजी सुरु भयो । खोज्दै जाँदा मिर्चैया-१ स्थित राजमार्ग छेउको आँपको बगैंचामा बिहान शिवकुमारको शव भेटियो । उनको शनिबार राति नै हत्या भएको रहेछ ।

त्यसयता रंजना विछिप्त छिन् । घरीघरी मुर्छा पर्छिन् । केही बोल्नसक्ने अवस्थामा पनि छैनन् । आमा सीतादेवी पनि घरीघरी रोइरहन्छिन् । बुवा जुगुत यादवको मन पीडाले भारी छ । वैदेशिक रोजगारीबाट ६ चैतमा मात्रै फर्केका दाइ रामकुमार पनि घरीघरी भक्कानिन्छन् । उनको हत्यापछि सिंगो परिवारमा यतिखेर सन्नटा छ ।

बिहे गरेको दुई वर्ष नहुँदै…

१८ वैशाख २०७६ मा सिरहाको अर्नमाकी रंजनाको बिहे शिवकुमारसँग भएको थियो । उनीहरूको दाम्पत्य जीवन एकदमै सुमधुर बितिरहेको थियो । रंजनाको काखमा अहिले ३ महिनाकी एक छोरी छिन् । श्रीमान्सँगको सुनौलो भविष्यको सपना बुनेकी रंजना अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।

बिहेको दुई वर्ष नहुँदै श्रीमान् गुमाएकी रंजना सुखका दिन सकिएको महसुस गरेकी छन् । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि उनी देखेकी थिइनन् । ‘जीवन रहेर पनि सास नभएको जस्तै भयो,’ उनी मसिनो स्वरमा भन्छिन्, ‘मेरो जीवनको खम्बा नै तोडियो ।’

आफन्तबाटै हत्या

शिवकुमारको हत्या अभियोगमा प्रहरीले उनका आफ्नै काकाको छोरा स्थानीय २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया-९ का इन्द्रदेवलाई अनुसन्धानपछि बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले स्वीकार गरेका छन् ।

परिवारिक रिसइबी साँध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको बयानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठको भनाइ छ ।

‘विष्णुले आफ्ना जेठान इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको हत्या गरेको उनीहरूको बयानबाट खुलेको छ,’ उनले भने, ‘रिसइबी साँध्न हत्या घटना भएको देखिन्छ ।’

करिब २ वर्षअघि लागुऔषधसहित पक्राउ परेका विष्णु कारागारमा रहेका बेला उनको परिवार र शिवकुमारबीच घरायसी विवाद भएको थियो । जेल सजाय भुक्तान गरेर घर आएपछि रिसइबी साँध्ने मनसायले हत्या गरिएको उनको बयानबाट पाइएको प्रहरीले बताएको छ ।

उनीहरूले शनिबार साँझ ७ बजे नै घरबाट निस्केका शिवकुमारको सोही राति हत्या गरी ८ चैतको बिहान उनको घरमा फोन गरि शिवकुमार आफूसँग रहेको र ५० लाख रुपैयाँ लिएर आए मात्रै दिन्छु भनेर फोन पनि गरेका थिए  ।

आफ्नो परिवारका मानिस र शिवकुमारबीच घरायसी विवाद रहेकोले रिसइबी साँध्ने मनसायले शिवकुमारलाई मारेर सिध्याइदिनुपर्छ र उनको परिवारसँग पैसा पनि धेरै भएकोले पैसा पनि माग्नुपर्छ भन्ने योजना बनाइ हत्या गरेर भोलिपल्ट फोन गरी पैसा मागेको बयान विष्णुले प्रहरीसमक्ष दिएका छन् ।

विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारलाई झुक्यानमा पारी बोलाएर बगैंचामा लगेर धारिलो हतियारले टाउको र अनुहारको भागमा प्रहार गरी हत्या गरेको र भोलिपल्ट चोहर्वा फोन गरि ५० लाख मागेको कुरा प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ । उनीहरूबाट आएको साविती बयान र प्रमाणपछि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि