विसुन देव सरदार/सिरहा,चैत्र १३ गते।सिरहा जिल्लाको सुखीपुर नगरपालिका कार्यालयमा पटकपटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको विरुद्धमा आज चैत्र १३ गते शुक्रबार देखी धर्ना कार्यक्रमको गरिदै छ।
दिनको ११ बजे देखि १२ बजेसम्म नगरपालिका कार्यालयको गेटमा धर्ना कार्यक्रम गर्ने सुखीपुर नगर सुधार समितिका संयोजक वी पी भुवन यादवले जानकारी गराइएको छ।साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि संयोजक यादवले हार्दिक अपिल समेत गरेको छ।
सके सम्म आआफ्नो ठाउँबाट सबै जनालाई सहयोग गरिदिन अपेक्षा राख्नु भएको छ।नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ।
यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ।माँगहरु विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने ।विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।





















Discussion about this post