जनकपुरधाम,चैत १२ गते।जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत विश्वकर्मा चोकमा जनकपुरधामतर्फ आउँदै गरेको बा १४ च ९९७४ नम्बरको स्कार्पियोले साइकलमा सवार ४० वर्षीय शुभनारायण यादवलाई ठक्कर दिएको थियो।
स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।डिएसपी मिश्रका अनुसार ठक्कर दिने स्कार्पियो र चालक महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-५ निवासी ४० वर्षीय ताहिर शाहिद कवारी प्रहरीको नियन्त्रणमा छन्।





















Discussion about this post