सिरहा,चैत ११ गते। चैत ८ गते मृत अवस्थामा भेटिएका सिराहाको मिर्चैया नगरपालिका–७ का शिवकुमार यादवको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ परेका छन् ।अपहरणकारीले फिरौती रकम नपाएपछि उनको हत्या भएको घटना बाहिरिएको हो ।
मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालय प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।
प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको छ ।
बिष्णु र ईन्द्र देबलाई प्राविधिक प्रमाण सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।मृतक यादवका दाई केहि दिन पहिले वैदेशिक रोजगारबाट घर आएको समय पारेर उनीहरु अपहरण गरी फिरौती रकम मागेका थिए ।
परिवारजनले फिरौती रकम नदिएपछि गत आइतबार यादबको हत्या गरी अपहरणमा संलग्नले मिर्चैया १ स्थित आँप बगैँचामा शव फालेको अनुसन्धानबाट खुलेको छ ।















Discussion about this post