काठमाडौं,चैत ११ गते।पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् ।
यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी आलोचना भइरहेको छ ।
यसअघि कैलालीलगायतका अन्य जिल्लामा पनि बीच सडकमा रुख छाडेर सडक कालोपत्रे गरिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापारबाही हुनु हास्यास्पद भएको स्थानीय वासिन्दा बताउँछन् ।





















Discussion about this post