nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतमा संक्रमित बढ्दा वीरगञ्जमा त्रास

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ९, २०७७, १२:१० मध्यान्ह
सीमा क्षेत्रका ३० नाका खुला

सुरेश बिडारी,वीरगञ्ज, चैत ९ गते । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सीमावर्ती नेपाली शहर वीरगञ्जमा पनि डर बढेको छ । भारतमा सन् २०२१ को सुरुवातदेखि कोरोना संक्रमितको संख्या घट्न थालेको थियो । तर मार्च महिनायता लगातार बढिरहेको छ ।

१५ फेब्रुअरी २०२१ मा भारतमा ९ हजार १२१ जनामा मात्रै कोरोना संक्रमण भेटिएको थियो । तर २० मार्चमा ४३ हजार ८४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मध्यप्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएका कारण भोपालमा आइतबार एक दिनका लागि लकडाउन आह्वान गरिएको छ । त्यहाँ अर्को आदेश नभएसम्म प्रत्येक आइतबार लकडाउन जारी राख्न भनिएको छ । इन्दौर र जबलपुरमा पनि त्यस्तै गर्न भनिएको छ । तीनवटै शहरमा मार्च ३१ सम्म स्कुल र कलेज बन्द गरिएका छन् ।
तीन दिनमा एक लाखभन्दा बढी संक्रमित भेटिएका भारतको नयाँ दिल्ली, महाराष्ट्र लगायत ८ वटा राज्यले नयाँ कोभिड–१९ का संक्रमितको संख्यामा वृद्धि भएको बताउँदै आएका छन् ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भयो भनिरहँदा नेपालमा बन्द गरिएका अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने तयारी भइरहेको छ ।

सीमा क्षेत्रमासुरक्षा सतर्कता अपनाउने भनिएपनि पालना नहुने विगतको अनुभव छ । संक्रमण घटेसँगै पछिल्ला दिनमा प्रदेश २ मा मास्क नलगाउने, भौतिक दूरीको पालना नगर्ने, बढी भिडभाड गर्ने क्रम बढेको छ ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा पछिल्लो ७ दिनमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना विशेष अस्पताल बन्द भइसकेका कारण नारायणी तथा अन्य निजी अस्पतालमा नै विरामीको उपचार हुने गरेको छ । एडभान्स अस्पतालमा उपचाररत ३५ र ५३ वर्षका दुई जना पुरुषमा कोभिड निमोनिया देखिएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एकजनाको पाटन अस्पताल र अर्काको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार नारायणी अस्पतालको प्रयोगशालामा ५० जनाको स्वाब नमुना परीक्षण गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ३ जना, बाराका ६ जना र झापाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड कोर्डिनेटर एवं मेडिसिन विभागका चिकित्सक डा. सरोजरोशन दासका अनुसार पछिल्लो दुई महिनामै सबैभन्दा बढी केस आइतबार भेटिएको छ ।

‘सामान्य लक्षण छ, सिरियस त कोही पनि छैनन् । पुस र माघमा बढी भेटिएको दिन एक दिन ३ वटा केस भेटिएको थियो । तर अहिले केस एक्कासी किन बढ्यो भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘सबैजना होम आइसोलेसनमा छन् । नयाँ कोभिड हो कि हैन जिन सिक्वेन्सिङ नगरी यसै भन्न सकिएन । आइसोलेसन बन्द छन्, कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक तयारी गर्नुपर्ने हो कि भन्ने संकेत गरेको छ ।’

चिकित्सकको चिन्ता

नेपाल चिकित्सक संघ नारायणी शाखाले चैत ५ गते नै विज्ञप्ति नै जारी गरेर सचेत हुन आग्रह गरेको छ । कोभिड–१९ महामारी पुनः विभिन्न मुलुक तथा शहरमा देखिन थालेको, तर सर्वसाधारणको सचेतना न्यून हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । सम्बन्धित निकायको दायित्वबोधमा पनि कमी देखिएको संघको ठहर छ ।

संघका सचिव उदयनारायण सिंहद्वारा जारी विज्ञप्तिमा विभिन्न मुलुक र शहरमा पुनः लकडाउन भइरहेको जानकारी गराउँदै आउने चाडपर्वहरुमा सतर्कता नअपनाए भयावह स्थिति आउनसक्ने उल्लेख छ ।

विगतमा कोरोना अस्पतालको समेत नेतृत्व गरेका डा. सिंह नजिकिँदै गरेको होली पर्वले जोखिम निम्त्याउन सक्नेतर्फ संकेत गर्छन् ।

‘तराईवासीको महान् पर्व होली नजिकिँदै छ, यहाँका नेपाली भारतमा संक्रमण बढी देखिएका शहरहरुमा काम गर्नुहुन्छ । चाड मान्न आउँदा कोरोना पनि सँगसँगै आउन सक्छ । सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘क्वारेन्टिन आइसोलेसनहरु तयारी अवस्थामा राख्ने लगायत आवश्यक तयारी गरिराख्नुपर्छ भनेर सरोकारवालालाई सचेत गराउन खोजेका हौं ।’

प्रदेश २ को स्थिति र आगामी रणनीति

प्रदेश २ का ८ वटै जिल्लामा विगतमा जस्तो स्वाब संकलन हुँदैन । प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार धनुषामा १० जनाको स्वाब संकलन गरिएको छ भने अरु कुनैपनि जिल्लामा स्वाब संकलन भएको छैन ।

प्रदेशमा १७ हजार २१३ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ८४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गौर अस्पताल रौतहटमा गरिएको १५ नमुना परीक्षणमा सबै नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनलयका तथ्याङ्क अधिकृत सरोजकुमार यादवले बताए । भारतमा संक्रमण बढ्दै जाँदा खुल्ला सीमाका कारण प्रदेश २ नै बढी जोखिममा रहने विज्ञहरुको भनाइ छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले फेरि स्वास्थ्यकर्मीसँगै सबै सतर्क हुने बेला आएको बताए । ‘मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, साबुन पानीले हात धुने जस्ता सबै जनस्वास्थ्य सुरक्षाका विधि अपनाउन छोडेका छन्,’ उनले भने, ‘यस्तो क्रियाकलापले सधैं नै संक्रमणको जोखिम रहन्छ ।’

छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन निर्देशनालयले तयारी थालेको उनले जानकारी दिए ।

‘फेरि नाका क्षेत्रमा क्वारेन्टिन र अस्पतालमा आइसोलेसन स्थापनाका लागि तयारी सुरु गर्नुपर्ने देखिएको छ । नाका बन्द ग¥यो भने हाम्रो प्रदेशका मानिसहरु खेतबाटै भएपनि आइदिन्छन्, तसर्थ ‘इन्ट्री प्वाइन्टहरु’लाई व्यवस्थित गर्नुपर्छ । हरेक नाकामा हेल्थ डेस्क सञ्चालन गर्ने, भारतबाट आएकाहरुको तथ्याङ्क राख्ने, ज्वरोको जाँच र उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने देखिएको छ ।’

प्रदेश २ का ८ वटै जिल्लामा नाकामा कडाइ गर्नका लागि मौखिक तथा लिखित जानकारी गराउने तयारी निर्देशनालयले थालिसकेको बताउँदै उनले सबै सरोकारवाला र नागरिकलाई जिम्मेवार भइदिन आग्रह गरे ।

साभार-अनलाईन खबर

Tags: वीरगञ्ज

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!