मनोज बनैता/सिरहा,चैत ७ गते। लाहान नगरपालिका ८ मा एक युवक मृत फेला परेको छ । लाहान हुलाक कार्यालय देखि करिब ३सय मिटर पुर्व एक घरमा लास बरामद भएको हो । पर्सा घर भई हाल लाहानमा प्राविधिक शिक्षालयमा ओ.ए पढ्दै गरेको अन्दाजी वर्ष २२ को अविरल प्रसाद झुन्डिएको अवस्थामा फेला परेको हो ।
मृतक अविरल प्रसाद कोठा भाडा लिई एक्लै बस्दै गरेको उनको घरमालिक ले जनाए । दिन भरी कोठाबाट ननिस्केको भन्दै शुक्रबार दिउँसो करिब ४:३० बजे ढोका ढकढकाउदा नखोले पछि स्थानीयले ढोका फोडेका थिए । ढोका फोडेपछि उनी झुन्डिएको अवस्थामा पाईएको प्रत्यक्षदर्शी ले बताए । लासको प्रकृति हेर्दा शंकास्पद रहेको स्थानीय बताउछन् ।
घटनाको खबर पश्चात् लगतै ईलाका प्रहरी कार्यालय लहानका एक टोलि घटनास्थलमा पुगेका छन । आवस्यक अनुसन्धान पछि मात्र वास्तविकता खुल्ने ईप्रका लाहानले जनाएको छ ।














Discussion about this post