उमेश कुमार साह/चैत ५ गते।सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ५ भाटिनमा बिहीबार लैङ्गकि तथा समाजिक मुल्य–मान्यता रूपान्तर असल अभ्यास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल तथा इन्टरनेशनल अलर्ट साझेदारीमा समग्र जन उत्थान केन्द्र लाहन ६ सिरहाद्वरा संचालित सहज परियोजना अन्तर्गत कार्यक्रम समग्र जन उत्थानकाका अध्यक्ष भैरव गेलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सहज परियोजना अन्तर्गत संचालनमा रहेका परिवार केन्द्रित पद्धतिका २० परिवारका महिलाहरुलाई परियोजनाले लैङ्गकि रूपान्तरण शेसन संचालन तथा आर्थिक जिविको पार्जन लागि रू. तीस हजार बराबरको सहयोग गरेका थिए ।उक्त कार्यक्रममा वडा नम्बर–५ का वडा अध्यक्ष मो.मजिवुर रहमान , प्रशासकीय अधिकृत घनश्याम यादव, भिएसओ नेपालका प्रतिनिधि सुनिल कमार साह, मनिषा भंडारी, समग्र परियोजना ब्यवस्थापक कृष्ण कुमार साह, कार्यक्रम अधिकृत रामभरोसी महतो, महिला तथा बालबालिका शाखा प्रमुख कला चपाँगाई ,स्वास्थ्य शाखा संयोजक बैजनाथ साह, न्याय समिति सदस्य बेचनी देवी दास, वडा सदस्य राम किसुन यादव, पत्रकार मला कर्ण, धुव्र कुमार मण्डल, उमेश कुमार साह युवा संजाल अध्यक्ष धर्मेन्द्र कुमार यादव, समग्रका स्थानीय सहजकर्ता लोकेन्द्र प्रसाद यादव, रिता पंडित, विना पंडित, मनोज कुमार यादव तथा अतिथिहरूलाई मायाको चिनो र प्रशंसापत्र दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख नगरपालिका नगर प्रमुख सिंह बोल्दै नारी सशक्तीकरण लागि सहज परियोजनाले संचालन गरेको कार्यक्रम नगरपालिकाको लागि मार्गदर्शक बनेको बताउदैँ नगरपालिकाका महिला बालबालिका शाखाद्वरा हुने सेवा प्रभालाई थप प्रभावकारी बनाउपर्नेमा जिडो दिएका थिए ।





















Discussion about this post