सिरहा,चैत ४ गते।सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयबाट दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई जना विचौलियालाई पक्राउ गरेको हो ।
सहज रुपमा काम गराइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम लिएपछि दुबैजनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका बिचोलियाको पहिचान प्रशासनले सार्वजनिक गरेको छैन् । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए ।
कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसँग अनुरोध समेत गरेका छन् ।














Discussion about this post