उमेश कुमार साह/सप्तरी,चैत ३ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित सशस्त्र बेश क्याम्प बोदे बर्साईनको कमान्डमा खटिएका प्रहरी द्वारा मोटरसाइकल सहित अबैध कुखुरा नियन्त्रणमा लिएको छ ।

बोदे बर्साईन नगरपालिका वडा न.०५ स्थित श्री चन्द्रा नमूना मा .बिधालयको अगाडि प्रहरी चेकजाच गर्दै क्रममा अ.१:३० दिउँसो भारतबाट अवैध रूपमा नेपाली मोटरसाइकल स ४ प ८२१७ नम्बरको मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको सूचनाको आधारमा करिब ९ हजार मुल्य बराबरको १५ गोट ( अ .४५ किलो ) बोइलर कुखुरा सशस्त्र बेस क्याम्प नेपाल अस्थायी सुरक्षा बेस को सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टको कमाण्डमा खटिएको टोलीलाई देखेपछि मोटरसाइकल सहित कुखुरा फालेर भागेका थिए ।

नियन्त्रण गरिएको मोटरसाइकल र बोइलर कुखुरा ९ हजार बराबरको रहेको छ।सशस्त्र बेश क्याम्पको प्रहरी निरीक्षक उत्सव बिष्टको कमाण्डमा खटिएको टोलीलाई देखेर भागे पछि उक्त १५ वटा सहित कुखुराहरु लाई
नियन्त्रणमा लिएको र मोटरसाइकल आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय पठाएको छ ,भने बोइलर कुखुरा मंगलबार स्थानिय बासिन्दा नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह ,पत्रकार उमेश कुमार साह, ईलाका प्रहरी कार्यलाई बोदे बर्साइनको प्रमुख अरुण सिंह र सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिएको छ ।















Discussion about this post