nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा बलात्कारको कहालीलाग्दो तथ्यांक, ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान नारामै सीमित

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०७७, ७:५४ मध्यान्ह
सिराहामा एक किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जना पक्राउ

सौरभ यादव-सप्तरी, चैत २ गते ।

घटना १ :

२८ भदौमा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ७ की १७ वर्षीया किशोरी संगीता मण्डल खेतको काम गर्न घरबाट निस्केकी थिइन् । तर, खेतको आलीमा चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर उनलाई खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा खोल्न थालेपछि जोडले उनी चिच्याइन् । ती चार जनाले उनको मुख बन्द गरिदिएका थिए । उनको केही सीप लागेन । उनी बलात्कृत भइन् ।

बलात्कारीहरू जबर्जस्ती गरेर फर्किए । पीडित किशोरी बेहोस भइन् । बिहान ६ बजे घरबाट खेत गएकी उनी हिलाम्य र रगतपच्छे अवस्थामा रुँदै घर फर्किइन् । उनी धेरै बेरसम्म एकनासले रोइरहिन् ।

उनले आमालाई गाउँकै चार जनाले आफूलाई बलात्कार गरेको बताइन् । छोरी बलात्कृत भएपछि आमाले छिमेकी तथा गाउँका नेतालाई घटनाबारे बताइन् । न्यायका लागि गुहार मागिन् । पीडितकी आमालाई गाउँमा बैठक (पञ्च) बोलाउन भनियो । उनले त्यसै गरिन् ।

स्थानीय पञ्चहरूले आरोपितहरूबाट ५५ हजार रुपैयाँ लिएर मिल्न दबाब दिए । पीडितलाई कतै उजुरी नदिन दबाब दिए ।

प्रहरीका अनुसार ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्न पञ्चले दबाब दिएका थिए । आफूहरूको निर्णय नमाने गाउँबाटै बहिष्कार गर्ने पञ्चले पीडितलाई धम्की दिएका थिए ।

भेलामा पीडितलाई थप पीडा हुने गरी सार्वजनिक रूपमै कसरी र कति पटक बारम्बार बलात्कार भयो भनेर पञ्चहरूबाट सोधियो । यस्ता प्रश्नले पीडितलाई थप पीडा भयो । उनले झनै लज्जा र बेइज्जती महसुस गरिन् । पीडित किशोरीले त्यो पीडा खप्न सकिनन् । अन्ततः उनले आत्महत्या गरिन् ।

घटना २ :

१ भदौको साँझ एक किशोरी धनुषाधाम नगरपालिका ९ सय बिगाहस्थित दिदीको घरबाट फर्किंदै थिइन् । त्यसक्रममा धर्मपुरनजिकै युवाको एक समूहले उनलाई घेराउ गरे । किशोरीलाई ती युवाले कुटपिट गरे । बन्धक बनाए ।

प्रहरीका अनुसार १५ वर्षीया ती किशोरीलाई करिब तीन किलोमिटर पर लगेर चार जनाले बलात्कार गरे । त्यति मात्र होइन, उनीहरूले बलात्कार गरेको भिडियो खिचेको र घटना सार्वजनिक गरे फेसबुकमा भिडियो राखिदिने धम्की दिएको प्रहरीसमक्ष ती किशोरीले बताएकी छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । सोही घटनामा संलग्न अरु दुई जना बलात्कारी र सहयोगीसहित छ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

यी घटना त केही उदाहरण मात्र हुन् । प्रदेश २ मा बलात्कारका घटना घट्नुको साटो बढेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाईंका अनुसार प्रदेश २ का आठवटै जिल्लामा बलात्कारको घटना बढेको छ ।

प्रदेश- २ को प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ४१ महिना (आव २०७४/७५ देखि मंसिर मसान्तसम्म) को अवधिमा ९ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन् । ३ सय ६३ महिला तथा बालिकामाथि बलात्कार प्रयास भएको छ । सोही अवधिमा ६३ महिला ‘बोक्सी’को आरोपमा प्रताडित भएका छन् ।

एसपी प्रसाईंका अनुसार ४१ महिनाको अवधिमा सबैभन्दा बढी  सिराहामा १ सय ५१, सप्तरीमा १ सय ३७, धनुषामा १ सय ५०, महोत्तरीमा ८४, सर्लाहीमा १ सय तीन, रौतहटमा ९०, बारामा १ सय दुई र पर्सामा १ सय एक महिला तथा बालिका बलात्कृत भएका छन् ।

चालु आर्थिक वर्षमा उमेर समूहको हिसाबले १० वर्ष मुनिका बालिका तीन, १० देखि १६ वर्षसम्मका ६८ र १६ वर्षभन्दा माथिका १ सय २० जना महिला बलात्कारको सिकार भएको प्रसाईंले बताए ।

यी घटनामा १० वर्ष मुनिका २, १० देखि १६ वर्षसम्मका १३ र १६ वर्षभन्दा माथिका २९ जना महिला तथा बालबालिकाको जबर्जस्ती करणी गरी हत्या गरिएको छ । यो गत वर्षको अनुपातमा ३ महिनामा करिब ५० प्रतिशतको हाराहारीमा रहेको प्रहरीको तथ्यांक छ ।

बलात्कारका घटना बढेसँगै प्रहरीले कारबाही पनि तीव्र पारेको प्रवक्ता प्रसाईंले बताए । उनका अनुसार गत वर्षमा ३ सय ९५ बलात्कारको घटनामध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको छ । त्यस्तै घटनामा संलग्न १ सय ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।

प्रसाईंका अनुसार अपराधविरुद्ध आवाज उठाउनुपर्छ भन्ने जनचेतनामा आएको वृद्धि, लकडाउन, लागुऔषध तथा मदिरा सेवनलगायतका कुलतले गर्दा चालु आर्थिक वर्षमा विगतको तुलनामा बलात्कारका घटना बढेको देखिएको उनले बताए ।

‘लकडाउन अवधिले निम्त्याएको बेरोजगारी र घरमा खाली बस्दा आपसी रिसइबीले गर्दा पनि यो वर्ष बलात्कारको घटना व्यापाक रूपमा बढेको हो,’ उनले भने, ‘अधिंकाश बलात्कारका घटनामा लागुऔषध र मदिरालगायतले सपोर्टिङ भूमिका निर्वाह गरेको अनुसन्धानका क्रममा देखिएको छ ।’

उनले अधिकांश घटनामा महिला तथा बालबालिका आफ्नो नातेदार र चिनजानका व्यक्ति तथा आपसी विवादकै कारण बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट देखिएको बताए ।

कानुन पढ्दै गरेकी श्रुति सिंह राजनीतिकर्मी र समाजका अगुवाहरूले बलात्कारजस्तो पाशविक अपराधलाई गाउँमै मिलाउने प्रपञ्च गर्दा यस्ता घटना बढेको बताउँछिन् । ‘बलात्कारी पक्राउ परे पनि केही दिन वा महिनामा छुटेर समाजमा फर्कने अवस्थाले पनि अपराध बढ्दै गएको देखिन्छ । यस्ता घटनामा संलग्नलाई कम्तीमा आजीवन कैदको व्यवस्था हुनुपर्छ,’ उनी भन्छिन् ।

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान नारामै सीमित

प्रदेश- २ सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ सुरु गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ घोषणा गर्दा त्यसको प्रशंसा पनि भयो । तर, पछिल्लो समय त्यो नारामा मात्र सीमित बन्दै गएको गुनासो बढ्न थालेको छ ।

एकातिर प्रदेश सरकारले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यसहित बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरिरहेको छ भने अर्कातिर प्रदेशमा दिनहुँजसो बलात्कार लगायतका महिला हिंसाका घटना भइरहेका छन् ।

साभार-शिलापत्र अनलाईन

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!