पर्सा,चैत २ गते ।पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई गत शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक-पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





















Discussion about this post