उमेश कुमार साह/सप्तरी,चैत २ गते।सप्तरीको बाेदे बरसाइन नगरपालिका वडा न.१० स्थित श्री राष्ट्रिय आधारभुत बिधालय खडकपुरमा दुई कोठे बिधालय भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

नेपाल सरकारको भौतिक पुर्वाधार निर्माण र शिक्षा युवा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका बाट सस्त्र अनुदान रकम रु १६ लाख र जन सभागिता बाट १ लाख ६० हजार गरि कुल लागत १७ लाख ६० हजारमा दुई कोठे आर आर.सि.सि भवनको २ महिनाको अल्टिमेटममा बिधालय निर्माण समिति द्वारा निर्माण गरिने तथा वडा र ब्यवस्थापन समिती द्वारा अनुगमन निरीक्षन गर्ने गराउने भने कुरा सम्झौता पत्रमा समेत उल्लेख गरिए छ। एक कार्यक्रमको बीच प्रमुख अतिथि बाेदे बरसाइन नगरपालिकाका मेयर आतेश कुमार सिह यादवले एक समाराेहका बिचमा भवनको शिलान्यास गर्दै निर्माण कार्यकाे शुभारम्भ गर्नुभएको हाे ।

साे शिलान्यास कार्यक्रममा नगर शिक्षा अधिकृत राम सागर यादव , बोदे बर्साईन नगरपालिकाको इन्जिनियर बिनोद साह , सब-इन्जिनियर सनित साह ,वडाअध्यक्ष सुमित कुमार यादव ,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम उमेश दास , श्री राष्ट्रिय आधारभुत बिधालयको प्र .अ राम चरन प्रसाद यादव ,दमर नारायण यादव, मेदनि साह , उपेन्द्र प्रसाद यादव , रन्जित कुमार यादव पत्रकार उमेश कुमार साह लगायतकाहरुकाे उपस्थिति रहेकाे थियाे ।














Discussion about this post