उमेश कुमार साह/सप्तरी बोदे बर्साईन ,फागुन २७ गते।महाशिवरात्रिको अवसरमा बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित हरि शंकर मन्दिरमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

पूजापाठ तथा अस्ठजाम हुने भएकोले बिहान देखि नै भक्तजनहरुको भिड लागेका छन् । पूजा आराधना गर्नेहरुको भीडका कारण सडक नै जाम भएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।भगवान शिवलाई खुशी पार्न भक्तजनहरुले दुध, धतुरो, फूलमाला र बेलपत्र चढाउने गर्छन् ।

आजको दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक र किर्तन , अस्ठजाम गर्दा भगवान शिवले मनोकामना पूरा गर्ने जनविश्वास छ ।















Discussion about this post